Wednesday, July 1, 2026
spot_img

प्रोटोनको रियर ह्विल ड्राइभ ईभी ल्याउँदै जगदम्बा मोटर्स

spot_img
spot_img

प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नयाँ प्रोटोन ई मास५ नेपाली बजारमा ल्याउने तयारी गरेको छ । यो आफ्नो सेग्मेन्टमा नेपालकै पहिलो रियर–ह्विल–ड्राइभ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी हुने कम्पनीले जनाएको छ ।

प्रविधिमैत्री, उच्च कार्यसम्पादन गर्ने र वातावरणमैत्री सवारीप्रति उपभोक्ताको आकर्षण बढिरहेका बेला यो गाडीलाई उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने गरी विकास गरिएको र यसले दैनिक प्रयोग, सुरक्षा र सहजतालाई पनि समान प्राथमिकता दिएको कम्पनीको भनाइ छ ।

विशेष रूपमा रियर–ह्विल–ड्राइभ प्लेटफर्ममा आधारित यस गाडीमा सन्तुलित तौल वितरण, उत्कृष्ट ड्राइभिङ क्षमता, उच्च स्थायित्व तथा सहज नियन्त्रणको सुविधा रहेको बताइएको छ । यी विशेषताले व्यस्त सहरी सडकदेखि राजमार्ग र नेपालको पहाडी सडकसम्म विभिन्न प्रकारका सडकमा सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न मद्दत गर्ने कम्पनीको विश्वास रहेको छ ।

शंकर ग्रुपअन्तर्गत रहेको जगदम्बा मोटर्सले दिगो यातायात प्रणालीलाई प्रवद्र्धन गर्ने प्रयास र प्रतिवद्धतालाई निरन्तर सुदृढ बनाउँदै लैजाने क्रममा नयाँ प्रोटोन ई मास५ भित्र्याउन लागेको हो । अन्तर्राष्ट्रियस्तरमा स्थापित सवारीसाधनको बढ्दो पोर्टफोलियो, देशव्यापी बिक्री तथा सेवा सञ्जाल, ग्राहक केन्द्रित सेवा र बिक्रीपछिको सेवामा निरन्तर लगानीमार्फत कम्पनीले नेपाली ग्राहकलाई विश्वस्तरीय अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ ।

प्रोटोन ई मास५ को आगमनले अत्याधुनिक प्रविधि, उत्कृष्ट गुणस्तर र उच्च मूल्य–प्रतिफल प्रदान गर्ने विश्वस्तरीय विद्युतीय सवारी नेपाली बजारमा उपलब्ध गराउने जगदम्बा मोटर्सको दीर्घकालीन दृष्टिलाई थप मजबुत बनाउने कम्पनीको विश्वास रहेको छ ।

यस सम्बन्धी प्राविधिक विवरण, मुख्य विशेषता, मूल्य, बुकिङ प्रक्रिया तथा औपचारिक सार्वजनिक मितिसहितका सम्पूर्ण जानकारी आगामी केही साताभित्र सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेप्सेमा सानिगाड हाइड्रोको शेयर सूचीकृत, SGHL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सानिगाड हाइड्रो लिमिटेडको शेयर सूचीकृत...

नेप्सेमा कालंगा हाइड्रोको शेयर सुचिकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कालंगा हाइड्रो लिमिटेडको शेयर सूचीकृत...

डिजेल पेट्रोलको भाउ घटेसँगै व्यवसायी आफैँले भने, ‘गाडी भाडा पनि घटाउ’

आयाल निगमले डिजेलमा ३० रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ...

आज पनि घट्यो सुनचाँदीको भाउ

आज बुधबार पनि सुनचाँदीको भाउ घटेको छ । मंगलबार...

नबिल बैंक लगातार तेस्रो पटक ‘गोल्ड’सहित एकसाथ ३ अवार्डद्वारा सम्मानित

नबिल बैंक बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित...
spot_img