इस्वी संवतको नयाँ वर्ष सन् २०२६ शुरु भएको छ । ग्रेगोरियन पात्रोअनुसार सन् २०२५ को विदाइ र नयाँ वर्ष सन् २०२६ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ ।
सबै भन्दा पहिला ओसेनियामा रहेको किरिबाटीले नयाँ वर्षलाई स्वागत गरेको छ । यो देश प्रशान्त महासागरमा अवस्थित एक टापु राष्ट्र हो, जसमा ३३ वटा साना-साना प्रवाल द्वीप समूहहरू छन्। किरिबाटी पृथ्वीको मध्यरेखा र अन्तर्राष्ट्रिय मिति रेखा दुबैमा पर्ने अद्वितीय राष्ट्र हो। यही कारणले यो देश वर्षको पहिलो दिन स्वागत गर्ने देशहरूमध्ये पहिलोमा पर्छ। यो देशको समय अन्तर्राष्ट्रिय प्रमाणिक समय यूटीसी भन्दा १४ घण्टा अगाडी छ, सोहि कारण यो देशले पहिले नयाँ वर्ष मनाउछ ।
किरिबाटीपछि न्युजील्याण्डले नयाँ वर्षलाई स्वागत गर्छ। त्यसपछि टोंगा, फिजी, समोआ, अष्ट्रेलियाका केहि भूभाग, रुसका केही भूभाग, भानुआतु, सोलोमन आईल्याण्ड तथा टुभालुले नयाँ वर्षलाई स्वागत गर्छन् । त्यसपछि पीएनजी, मार्शल आईल्याण्ड, माइक्रोनेशिया, नाउरु, पालउ, जापान, साउथ कोरिया, नर्थ कोरिया , इन्डोनेशिया, फिलिपिन्सले नयाँ वर्षलाई स्वागत गर्छन् ।
नेपालले भने युटीसी भन्दा ५ घण्टा ४५ मिनेट अगाडी र भारतले युटीसी भन्दा ५ घण्टा ३० मिनेट अगाडी नयाँ वर्षलाई स्वागत गर्छन् ।
सबै भन्दा अन्तिममा नयाँ वर्षलाई स्वागत गर्नेमा अमेरिकन समोआ, कुक आईल्याण्ड, फ्रेन्च पोलिनेसिया, पिटकाइरन आइल्याण्ड, बेकार आइल्याण्ड, तथा होल्याण्ड आईल्याण्ड पर्छन् । अमेरिकाको हवेई र अलास्का राज्य पनि नयाँ वर्षलाई स्वागत गर्नेको सूचीमा अन्तिममा पर्छन् ।









