अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता सन्तोष चालिसे विरुद्द भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । अख्तियारले आज उनी विरुद्द विशेष अदालतमा मुद्दा दायर गरेको हो।
चालिसे गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौंका तत्कालीन नगर प्रमुख (मेयर), काठमाडौ जिल्ला निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित विघटित प्रतिनिधि सभाका सदस्य, संघीय संसद अन्तर्गतको अर्थ समितिका तत्कालीन सभापति हुन् ।
अख्तियारले उनी विरुद्द मेयर रहंदा गैर कानूनी रुपमा सम्पत्ति आर्जन गरि भ्रष्ट्राचार गरेको भन्दै ३ करोड ६८ लाख बिगो कायम गरि मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार उनले ३ करोड ६८ लाखको आयको स्रोत देखाउन सकेका छैनन् । अख्तियारले उनकी श्रीमती, छोरा र बुहारीलाई पनि गैर कानूनी रुपमा आर्जन गरेको सम्पति जफत गर्नको लागि प्रतिवादी बनाएको छ ।









