प्रधानमन्त्री सुशीला कार्कीले आज चौथौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । स्रोतका अनुसार आज कार्की नेतृत्वको मन्त्रिपरिषदमा ४ जना मन्त्री थपिँदैछन् ।
प्रधानमन्त्री कार्कीले आज श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्रीमा नियुक्त गर्न लागेकी हुन् । श्रेष्ठलाई महिला तथा बालबालिका, चौलागाईंलाई वन, भण्डारीलाई श्रम रोजगार र इङ्नामलाई भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ ।
मन्त्रीमा नियुक्त गरेपछि उनीहरु चारै जनाको शपथ आज दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शितलनिवासमा हुनेछ ।













