जेनजी आन्दोलनका कारण २३ सय जनाको रोजगारी गुम्यो, साढे ८४ अर्बको भौतिक क्षति

spot_img
spot_img

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण २३ सय बढीले रोजगारी गुमाएका छन् । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचना पुनर्निर्माण योजना तयार गर्न गठित समितिले बुझाएको प्रतिवेदमा जेनजी आन्दोलनका कारण २ हजार ३ सय ५३ जनाले रोजगारी गुमाएको उल्लेख गरिएको छ ।

समितिले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको प्रतिवेदनमा २३ सयले रोजगारी गुमाउँदा १३ अर्ब ८४ करोड ५६ लाख रुपैयाँ बराबर वस्तु तथा सेवा उत्पादन प्रभावित भएको जनाइएको छ ।

समिति संयोजक एवं राष्ट्रिय योजना आयोग सचिव रविलाल पन्थले प्रतिवेदनको सारांश प्रस्तुति गर्दै ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबर समग्र भौतिक क्षति भएको बताए । यस्तो क्षति हुने जिल्ला ५४ वटा र स्थानीय तह २ सय ६२ वटा रहेका छन् ।

जसमध्ये प्रभावित निकाय/संस्था २ हजार १ सय ६८ छन् । २ हजार ६ सय ७१ भवनमा क्षति पुगेको छ ।

यस्तै, १२ हजार ६५९ सवारीसाधन क्षतिग्रस्त हुँदा कुल १२ अर्ब ९३ लाख ६१ हजार बराबर नोक्सान भएको छ । निजी क्षेत्रतर्फ ३३ अर्ब ५४ करोड ८७ लाख बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

समितिले पुनर्निर्माण कार्ययोजना पनि पेश गरेको छ । पुनर्निर्माणतर्फ भवनमा १९ अर्ब ९८ करोड ९८ लाख र सवारीसाधनमा ६ अर्ब १६ करोड ८० लाख लाग्ने अनुमान छ । अन्य भौतिक सम्पत्तिको क्षति कभर गर्न १० अर्ब १४ करोड ४२ लाख लागत अनुमान गरिएको छ ।

पुनर्निर्माणमा संघमा २४ अर्ब ६९ करोड ५८ लाख, प्रदेशमा ३ अर्ब ७४ करोड र स्थानीय तहमा ७ अर्ब ८६ करोड लागत लाग्ने अनुमान छ ।

मन्त्रिपरिषदले योजना आयोगका सचिवको संयोजकत्वमा असोज ५ गते यो समिति गठन भएको थियो । समितिले ७५ दिनमा आफ्नो प्रतिवेदन बुझाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अर्घाखाँची सिमेन्टको ‘मुक्तिनाथ दर्शन यात्रा’ सम्पन्न

अर्घाखाँची सिमेन्ट लिमिटेडले आफ्ना उत्कृष्ट डिलरहरूका लागि आयोजना गरेको...

गोरखकाली रबर उद्योग पुन: सञ्चालनका लागि रेभिन्यू-बेस्ड फाइनान्सिङ मोडल सिफारिस

“गोरखकाली रबर उद्योग (प्रतिष्ठान) को पुनरुत्थान तथा नेपाल सरकारको...

गल्ली–गल्लीमा गहना पसल, तर ३९ प्रतिशतले बुझाउँदैनन् कारोबार विवरण

पैसाको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरु सुरक्षाको दृष्टिकोणले...

नेप्से सीइओलाई नेपाल पूँजीबजार लगानीकर्ता संघको बधाई, सुधारका लागि ध्यानाकर्षण

नेपाल पूँजीबजार लगानीकर्ता संघले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)...

नेपाल टेलिकम र विशाल बजारको शेयर बिक्री गर्दै सरकार, मोडालिटी तय गर्न उपसमिति गठन

नेपाल सरकारले नेपाल टेलिकम र विशाल बजार कम्पनीमा रहेको...

५० लाखभित्र पाइने ३ ईभी कारः कुनको विशेषता के ?

नेपाली अटो बजारमा ५० लाख मूल्यसम्मका विद्युतीय कार अहिले...