बीपी राजमार्गमा जनशक्ति थपेर राती पनि काम गर्न मन्त्री घिसिङको निर्देशन

spot_img
spot_img

भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले बीपी राजमार्गको स्थलगत निरीक्षण गरेका छन् । गत वर्ष असोजको बाढीले क्षतिग्रस्त बनेपछि हाल पुनःनिर्माण भइरहेको उक्त राजमार्गको स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले आवश्यक जनशक्ति थपेर समयमै काम सक्न निर्देशन पनि दिएका छन् ।

सडक विभागका महानिर्देशक विजय जैशी, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानेलाई साथमै लिएर राजमार्गको निरीक्षणमा पुगेका मन्त्री घिसिङले जनशक्ति थपेर काम गर्न निर्देशन दिएका हुन् । साथै, कार्य क्षेत्रमा विद्युतको उचित प्रबन्ध मिलाएर राती पनि काम गर्न उनले निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् ।

गत वर्षको असोजमा रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त बनेको २८ किलोमिटर खण्ड अहिले पुनःनिर्माण हुँदैछ । यसमध्ये ४ खण्डको २५ किलोमिटर सडक पुनःनिर्माणको ठेक्का लगाइसकिएको छ । सडक विभागका अनुसार २ वर्षभित्र पुनःनिर्माण सक्ने गरी ठेक्का सम्झौता भएको छ । बाँकी रहेको ३ किलोमिटर खण्ड भने जापान सरकारले निर्माण गरिदिने छ । यसका लागि डिजाइन स्वीकृत भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

KAIFENG का विद्युतीय गाडी नेपाल ल्याउँदै एमभी दुगड समूह, ३ मोडल चयन

चिनियाँ अटोमोटिभ ब्रान्ड 'काइफेङ' (KAIFENG) का तीन मोडलका विद्युतीय...

१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौंको विद्युत आपूर्ति थप भरपर्दो हुने

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र...

राष्ट्र बैंकको निष्कर्ष: ‘संगठित र डिजिटल बन्दै हुण्डी कारोबार, निषेधले मात्र रोक्न कठिन’

नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइ (एफआईयू-नेपाल) ले 'हुण्डी...

५ रुपैयाँ दरका १५ करोड थान सिक्का बजारमा ल्याउने तयारी

नेपाल राष्ट्र बैंकले रु. ५ दरका १५ करोड थान...

पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्रीसहित ११ जनाको नाम दोस्रो सर्टलिस्टमा

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि...

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक साफा अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड “साउथ एसियन फेडेरेसन अफ...