अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । आयोगले आज उनीहरु विरुद्द विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरुसँग प्रतिव्यक्ति १३ करोड ५७ लाख रुपैयाँको बिगो दाबी गरिएको छ । भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माण गर्दा भ्रष्ट्राचार भएको दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको हो।
अख्तियारले अधिकारीलाई पक्राउ गरेर मुद्दा चलाएको हो । मुद्दा दर्ता भएसँगै अधिकारी निलम्बनमा परेका छन् । उनको कार्यकाल सकिन २ महिना मात्र बाँकि थियो।









