नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको आसन्न महाधिवेशनमा सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले एक टेलिभिजन अन्तर्वाता मार्फत सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
उनले कांग्रेसको पुसमा हुने पन्ध्रौं महाधिवेशनको आफु सभापतिको उम्मेदवार रहेको बताए। नेपाली कांग्रेसका बहुसंख्यक सदस्यहरुले पन्ध्रौं महाधिवेशनबाट ऐतिहासिक पार्टी नेतृत्व गर्ने जिम्मेवारी दिने विश्वास पनि उनले व्यक्त गरे ।









