भेटायो इंक प्रा. लि. ले आफ्ना विशेषज्ञ फ्रील्यान्स सेवा प्रदायकहरूको सुरक्षा र हितको लागि महत्वपूर्ण कदम उठाउँदै हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडसँग साझेदारी गरेको छ। यस साझेदारीमार्फत भेटायोले आफ्नो एपमार्फत काम गर्ने सबै सेवा प्रदायकहरूको लागि दुर्घटना बीमा कभरेज सुरु गरेको छ।
भेटायोका अनुसार यस पहलले ग्राहकलाई सेवा प्रदान गर्न जाने हरेक पेशेवरलाई अतिरिक्त सुरक्षा प्रदान गर्नेछ। यसबाट भेटायोको आफ्नो कार्यबलप्रतिको प्रतिबद्धतालाई अझ मजबुत बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ।
भेटायोका सह-संस्थापक, रोचन मान महर्जनले भने “भेटायोले आफ्नो सेवा विस्तारको लक्ष्यको पछाडी महत्त्वपूर्ण रुपमा रहेका सेवा प्रदायकलाई केन्दमा राखेको छ। दुर्घटना बीमा उपलब्ध गराएर हामी चाहन्छौं कि हाम्रा प्रदायकहरू सुरक्षित रहुन र आफ्नो करियर विकास गर्न उत्साहित रहुन भन्ने चाहाना रहेको छ” ।
एप मार्फत भेटायोले प्लम्बिङ, ईलेक्ट्रिकल, पेष्ट कन्ट्रोल, घर सरसफाइ लगायतका १५ भन्दा बढी सेवाहरू प्रदान गरिरहेको छ।









