राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहिबार आगामी चुनावको लागि सेना परिचालनको लागि स्वीकृति दिएका छन् । २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपतिले स्वीकृति प्रदान गरेका हुन्।
मन्त्रिपरिषद्को मस्निर ८ गतेको बैठकले सेना परिचालनको लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सोहि अनुसार राष्ट्रपतिले सेना परिचालनको लागि स्वीकृति प्रदान गरेका हुन् ।









