आजदेखि १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा, के के छन् विशेषता ?

spot_img
spot_img

नेपाल राष्ट्र बैंकले साविककै आकार तथा रङमा १०० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले आज मङ्सिर ११ देखि सङ्केत नं. क २० ०००००१ देखि घ ४० ९९९९९९ सम्मको नोट चलनचल्तीमा ल्याएको हो।

‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ
एक सय तुरुन्त पाइने छ ।’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित देहायबमोजिमका विशेषता भएको नोट चलनचल्तीमा ल्याएको हो।

नोटको अग्रभागमा
१. नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको
२. नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको ।
३. नोटको मध्यभागमा नेपालको नक्सा रहेको ।
४. नोटको मध्यभागमा अशोक स्तम्भको चित्रका साथै LUMBINI THE BIRTH PLACE OF LORD BUDDHA
लेखिएको । साथै, अशोक स्तम्भसँगै दृष्टिविहीनहरूलाई नोट पहिचानको लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला रहेको र बायाँतर्फ अण्डाकारभित्र Silver Metallic मा मायादेवीको चित्र रहेको ।
५. २ मि.मि. चौडा भएको रङ परिवर्तन हुने (नोटलाई सिधा हेर्दा रातो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) सुरक्षण धागो रहेको ।
६. नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको ।
७. नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको ।

नोटको पृष्ठभागमा
१. नोटको मध्यभागको माथिल्लो खण्डमा अङ्ग्रेजीमा ‘NEPAL RASTRA BANK’ लेखिएको ।
२. नोटको मध्यभागमा एकसिङे गैंडाको माउ र बच्चाको चित्र रहेको ।
३. नोटको तल्लो भागको बोर्डरमा अङ्ग्रेजीमा ‘RUPEES ONE HUNDRED’ लेखिएको ।
४. नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number अङ्ग्रेजीमा ‘2024 A.D.’ लेखिएको ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

KAIFENG का विद्युतीय गाडी नेपाल ल्याउँदै एमभी दुगड समूह, ३ मोडल चयन

चिनियाँ अटोमोटिभ ब्रान्ड 'काइफेङ' (KAIFENG) का तीन मोडलका विद्युतीय...

१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौंको विद्युत आपूर्ति थप भरपर्दो हुने

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र...

राष्ट्र बैंकको निष्कर्ष: ‘संगठित र डिजिटल बन्दै हुण्डी कारोबार, निषेधले मात्र रोक्न कठिन’

नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइ (एफआईयू-नेपाल) ले 'हुण्डी...

५ रुपैयाँ दरका १५ करोड थान सिक्का बजारमा ल्याउने तयारी

नेपाल राष्ट्र बैंकले रु. ५ दरका १५ करोड थान...

पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्रीसहित ११ जनाको नाम दोस्रो सर्टलिस्टमा

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि...

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक साफा अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड “साउथ एसियन फेडेरेसन अफ...