सरकारले मुख्यसचिवमा सुमनराज अर्याललाई नियुक्त गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
हाल मुख्यसचिव रहेका एक नारायण अर्याल मङ्सिर ९ गतेबाट ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन् । उनी अवकाशमा जाने भएपछि सरकारले अर्याललाई मुख्य सचिव नियुक्त गरेको हो ।
अर्याल हाल रक्षा मन्त्रालयमा सचिवको रुपमा कार्यरत छन् । उनी २०७७ माघमा सचिवमा बढुवा भएका थिए।









