जेनजी आन्दोलनपछि लगानीको वातावरण सुधारको प्रयासमा लगानी बोर्ड लागेको छः सीइओ ज्ञवाली

spot_img
spot_img

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशिल ज्ञवालीले विदेशी लगानीकर्ताको विश्वास जित्न र लगानीको वातावरणलाई पुनः लयमा फर्काउन बोर्डले सक्रियतापूर्वक काम गरिरहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगको भेटमा सीईओ ज्ञवालीले गत भदौ २३ र २४ को जेन् जी आन्दोलनका कारण अन्तर्राष्ट्रिय स्तरमा सिर्जना भएको नकारात्मक छविलाई सुधार गर्ने प्रयास भइरहेको उल्लेख गरेका हुन् ।

पछिल्ला घटनाक्रमले लगानीकर्ताहरूको आत्मबल घटेकोले विश्वास जगाउनु पर्ने अवस्था रहेको भन्दै उनले सबै सरोकारवालालाई एकै ठाउँमा ल्याएर विश्वासको वातावरण बनाउने प्रयासमा केन्द्रित भएको बताए । ‘संकटका बीच पनि बोर्डले एक दिन पनि आफ्नो सेवा प्रवाह नरोकि कामलाई निरन्तरता दियो, जसले लगानीकर्तामाझ सकारात्मक सन्देश प्रवाह भएको छ’ उनले भने ।

ज्ञवालीका अनुसार आन्दोलनले मुलुकको अन्तर्राष्ट्रिय छविमा धक्का पु¥याउँदै लगानीकर्ताको मनोबलमा केही कमी ल्याएको छ । ‘अन्तर्राष्ट्रिय लगानीकर्ताहरूका लागि राजनीतिक र सामाजिक स्थिरता सबैभन्दा महत्वपूर्ण हुन्छ,‘ उनले भने, ‘यसकारण आन्दोलनमा निजी क्षेत्रमाथि पनि आक्रमण भएपछि उनीहरूमाझ नकारात्मक सन्देश प्रवाह हुनु स्वाभाविक थियो । तर, बोर्डले त्यो विषयलाई तोडेर अघि बढ्ने गरी काम गरिरहेको छ ।’

पछिल्लो चुनौतीलाई सामना गर्न बोर्डले तत्काल निजी क्षेत्र, सरकारी निकाय र लगानीकर्ताहरूसँग उच्चस्तरीय संवाद गरिसकेको सीईओ ज्ञवालीको भनाइ छ ।

पछिल्ला चुनौतीका बाबजुद पनि लगानी स्वीकृतिमा भने उत्साहजनक वृद्धि देखिएको छ । विगतमा वार्षिक करिब एक सय अर्ब रुपैयाँको लगानी स्वीकृत हुने गरेकोमा गत आर्थिक वर्षमा बोर्डले २५६ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको सीईओ ज्ञवालीको भनाइ छ । उनले चालु आर्थिक वर्षका लागि सात सय अर्ब रुपैयाँ लगानी स्वीकृत गर्ने महत्वाकांक्षी लक्ष्य राखिएको उल्लेख गरे ।

अहिले १६ खर्ब रुपैयाँ बराबरका लगानी आयोजनाहरू पाइपलाइनमा रहेको भन्दै उनले यसले पनि थप आशाको संचार गराएको बताए । जलविद्युतसहित सूचनाप्रविधि, हाइड्रोजन ऊर्जा र कृषि, सोलार जस्ता भविष्यमुखी परियोजनाहरू समेत समावेश रहेको उनको भनाइ छ ।

उनका अनुसार विगतमा सरकारले आयोजना तय गरेर लगानीकर्ता खोज्ने परम्परालाई तोड्दै अहिले लगानीकर्तालाई नै नवीन सोच र प्रस्ताव लिएर आउन बोर्डले प्रोत्साहन गरिरहेको छ । ‘हामीले लगानीकर्तालाई सोध्ने गरेका छौं, तपाईंहरू के चाहनुहुन्छ ? यसले गर्दा बजारको माग र लगानीकर्ताको विशेषज्ञताअनुसारका परियोजनाहरू आउन थालेका छन्,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

KAIFENG का विद्युतीय गाडी नेपाल ल्याउँदै एमभी दुगड समूह, ३ मोडल चयन

चिनियाँ अटोमोटिभ ब्रान्ड 'काइफेङ' (KAIFENG) का तीन मोडलका विद्युतीय...

१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौंको विद्युत आपूर्ति थप भरपर्दो हुने

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र...

राष्ट्र बैंकको निष्कर्ष: ‘संगठित र डिजिटल बन्दै हुण्डी कारोबार, निषेधले मात्र रोक्न कठिन’

नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइ (एफआईयू-नेपाल) ले 'हुण्डी...

५ रुपैयाँ दरका १५ करोड थान सिक्का बजारमा ल्याउने तयारी

नेपाल राष्ट्र बैंकले रु. ५ दरका १५ करोड थान...

पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्रीसहित ११ जनाको नाम दोस्रो सर्टलिस्टमा

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि...

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक साफा अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड “साउथ एसियन फेडेरेसन अफ...