Saturday, July 25, 2026
spot_img

गोल्याण ग्रुपद्धारा जेन–जी सहिद परिवारका बालबालिकाका लागि ‘किड्स प्ले–डेट’ आयोजना

spot_img

विश्व बाल दिवसको अवसरमा गोल्याण ग्रुपले बिहीबार जेन–जी सहिद परिवारका बालबालिकाका लागि ‘किड्स प्ले–डेट’ कार्यक्रम आयोजना गरेको छ । धुम्बाराहीको ऊप्स नेपाल फनपार्कमा आयोजित कार्यक्रममा सहिद परिवारका बालबालिका र उनीहरुका अभिभावक सहभागी थिए ।

गोल्याण ग्रुपले गत असोज २४ मा सहिद परिवारका बालबालिकाका लागि शैक्षिक वृत्ति योजना घोषणा गरेको थियो । योजना अन्तर्गत हालसम्म २७ जना बालबालिकालाई १२ कक्षासम्मको शैक्षिक खर्च व्यहोर्नका लागि अभिभावकसँग समझदारी गरिएको छ । बिहीबारको कार्यक्रममा शैक्षिक वृत्ति योजनामा सामेल काठमाडौंमा रहेका सहिद परिवारका बालबालिका तथा अभिभावक सहभागी थिए । बालबालिकाहरुले ऊप्सको फनपार्कमा विभिन्न मनोरन्जनात्मक तथा बौद्धिक गेम खेलेर आनन्द लिएका थिए ।

कार्यक्रममा गोल्याण ग्रुपका प्रवन्ध निर्देशक अक्षय गोल्याणले ‘नयाँ परिवार’ का सदस्यबीच परिचय आदानप्रदान गर्ने उद्देश्यले जमघट आयोजना गरिएको बताए । ‘हाम्रो नयाँ परिवार साझा प्रतिवद्धता र उद्देश्यले एकतावद्ध भएको हो,’ उनले भने, ‘यस्तो परिवार, जहाँ प्रत्येक बालबालिकाको अधिकारको सम्मान, उनीहरुको कदर र संरक्षण गरिन्छ ।’ बालबालिकाको हित र विकासमा मात्र देशको समृद्धि संभव हुने भएकाले उनीहरुको स्वतन्त्रता, खुसी र अवसरको अधिकार सुनिश्चित गर्नुपर्ने उनले बताए ।

गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेशन्स प्रमुख ज्योति गैह्रेले विश्व बाल दिवसको अवसर पारेर बालबालिकाहरुको अधिकारको सम्मान र संरक्षण गर्न कार्यक्रम आयोजना गरिएको बताइन् । बालबालिकाको खुसीमा उनीहरूको सबैखाले विकासका आयामहरू जोडिएका हुन्छ्न, समाजको समृदिको मार्ग पनि यसबाटै सुरु हुन्छ उनले भनिन, `आजको किड्स प्लेडेट यसकै लागि गरिएको हो ।´

गोल्याण ग्रुपले जेन–जी सहिद परिवारका बालबालिकाको लागि कक्षा १२ सम्म शैक्षिक वृत्ति प्रदान गर्ने घोषणा गरेको थियो । पहिलो चरणमा अभिभावकसँग समझदारीपत्रमा हस्ताक्षर भई दोस्रो चरणमा विद्यालय, अभिभावक र गोल्याण ग्रुपबीच त्रिपक्षीय सम्झौता गर्ने प्रक्रिया सुरु भएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...

१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५...

तोलामा ५८ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला...

आज निर्यातजन्य उद्योगका व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध...
spot_img