गत वर्ष चौधरी ग्रुपले कति तिर्‍यो कर ?

spot_img
spot_img

मंसिर १ गते कर दिवस । विभिन्न शीर्षकमा सबैभन्दा धेरै कर दाखिला गर्ने कम्पनी तथा व्यक्तिहरुलाई आन्तरिक राजस्व विभागले सम्मान गर्‍यो । सम्मानित व्यक्ति तथा कम्पनीको सूचीमा चौधरी ग्रुपका कम्पनीहरु नदेखिएको भन्दै एकथरीले सामाजिक सञ्जालमा चौधरी समूहको खोजी गर्न थाले ।

तर, चौधरी ग्रुप नेपालको ठूलो करदातामा पर्छ । यद्यपी, ग्रुप अफ कम्पनीजले दाखिला गरेको कर रकमलाई एकमुष्ट रुपमा सार्वजनिक गर्ने अभ्यास छैन । जसका कारण सम्मानित हुनेहरुको सूचीमा चौधरी ग्रुपका कम्पनीहरु देखिएनन् ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीका अनुसार गत वर्ष सीजी अन्तर्गतका सबै कम्पनीहरुमार्फत २५.५९ अर्ब कर दाखिला गरिएको छ । यो भनेको सरकारले संकलन गरेको कुल राजस्वको २.३ प्रतिशत हो ।

‘ग्रुप अफ कम्पनीजको एकमुष्ट कर सार्वजनिक गरी सम्मान गर्ने व्यवस्था नभए पनि माननीय अर्थमन्त्रीज्यूले सीजीको कर योगदानलाई विशेष रूपमा उल्लेख गर्नु भएकोमा आभार’ चौधरीले भनेका छन्, ‘गत वर्ष सीजीले रु २५.५९ अर्ब कर तिर्दै राष्ट्रको कूल राजस्वको करिब २.३ प्रतिशत योगदान दियो । चुनौतिबीच पनि देशको ढुकुटी मजबुत बनाउन पाउँदा गर्व छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

KAIFENG का विद्युतीय गाडी नेपाल ल्याउँदै एमभी दुगड समूह, ३ मोडल चयन

चिनियाँ अटोमोटिभ ब्रान्ड 'काइफेङ' (KAIFENG) का तीन मोडलका विद्युतीय...

१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौंको विद्युत आपूर्ति थप भरपर्दो हुने

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र...

राष्ट्र बैंकको निष्कर्ष: ‘संगठित र डिजिटल बन्दै हुण्डी कारोबार, निषेधले मात्र रोक्न कठिन’

नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइ (एफआईयू-नेपाल) ले 'हुण्डी...

५ रुपैयाँ दरका १५ करोड थान सिक्का बजारमा ल्याउने तयारी

नेपाल राष्ट्र बैंकले रु. ५ दरका १५ करोड थान...

पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्रीसहित ११ जनाको नाम दोस्रो सर्टलिस्टमा

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि...

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक साफा अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड “साउथ एसियन फेडेरेसन अफ...