टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेडले नेपाल क्रिकेट संघका सचिव तथा राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्कालाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । कम्पनीले नेपाल तथा दक्षिण–पूर्व एसियाका लागि खड्कालाई आधिकारिक ब्रान्ड एम्बासडर नियुक्त गरेको हो ।
यो सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्ताहरुसँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने उद्देश्य राखेको छ ।
पारस खड्का नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको रुपमा रहने र उनले टायल्स, बाथवेयर, एडेशिभ र वाटरप्रुफि लगायत सोमानी सेरामिक्सका सम्पूर्ण उत्पादनहरुको ब्राण्ड प्रवर्धनका विभिन्न क्रियाकलापमा सहभागी गराईने कम्पनीले जनाएको छ ।
सोमानी सेरामिक्सका सह–अध्यक्ष सुजित मोहन्तीले पारस खड्कालाई सोमानी परिवारमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै खड्काको लगनशीलता र उत्कृष्टताको यात्राले नवीनता र सबल नेतृत्व क्षमता दर्साउने बताए ।
सोमानीका मार्केटिङ प्रमुख तथा उपाध्यक्ष अंशुमन चक्रवर्तीले पारस एक चर्चित अलराउन्डर र नेपालमा घर–घरमा चिनिएको नाम भएको बताउँर्द उनी केवल खेलमैदानमा उत्कृष्टता र नेतृत्वका लागि मात्र नभई आफ्नो इमानदारीता र सकारात्मक प्रभावका लागि पनि सबै पुस्तामा लोकप्रिय रहेको बताए ।
पारस खड्काले यो साझेदारीप्रति उत्साह व्यक्त गर्दै आफुले जीवनमा लिएको मूल्यमान्यता जस्तै उत्कृष्ट र गुणस्तरका लागि निरन्तर प्रयास गर्ने ब्राण्डसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।
सोमानी सिरामिक्स भारतको सिरामिक्स उद्योग हो । कम्पनीले भित्ते र फ्लोर टायल्स, पोलिस्ट भिट्रिफाइड टायल्स, ग्लेज्ड टायल्स र स्ल्याब्स, सेनिटरीवेयर, बाथ फिटिङ्स, एडेसिभ र ग्राउट्स लगायतका निमार्ण सामाग्रीहरु उत्पादन गर्दै आइरहेको छ ।
१२,००० भन्दा बढी रिटेल आउटलेट र ५०० भन्दा बढी एक्सक्लुसिभ सोरूमहरू रहेको सोमानि टायल्सको विश्वका ६ महादेशको ८० भन्दा बढी देशहरूमा उत्पादन हरु निर्यात गर्दै आइरहेको छ । कम्पनीको वार्षिक उत्पादन क्षमता ७५ मिलियन वर्गमिटर छ, जसका लागि भारतभर रहेका आफ्नै दुई प्लान्ट र सात साझेदार कम्पनीहरुसँग संयुक्त रुपमा उत्पादन गर्दै आइरहेको छ । कंम्पनीले सेनिटरीवेयर, बाथ फिटिङ्स र एडेसिभ उत्पादनका लागि छुट्टै उत्पादन प्लानटहरु सञ्चालन गर्दै आइरहेको छ ।









