हितेन्द्रले प्राधिकरणमा पुनर्बहाली मागेको रिटमा कारण देखाउ आदेश, दुवै पक्षलाई बोलाईयो

spot_img
spot_img

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले विद्युत प्राधिकरणमा पुनर्बहाली माग गर्दै  सर्वोच्च अदालतमा  दायर गरेको रिटमा कारण देखाउ आदेश जारी भएको छ । सरकारले आफुलाई गैर कानूनी रुपमा पदबाट हटाएको भन्दै उनले पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

सो रिटमा सुनुवाई गर्दै आज सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलाशले कारण देखाउ आदेश जारी गरेको हो । इजलाशले हितेन्द्रको माग बमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्ने बारे छलफल गर्न दुवै पक्षलाई कार्तिक २१ गते बोलाएको छ।

जेन्जी आन्दोलनपछि कुलमान घिसिङ उर्जा मन्त्री भएपछि घिसिङको सिफारिसमा मन्त्रिपरिषदको असोज ५ गते बसेको बैठकले शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गरेको थियो । सरकारले उनलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। शाक्यले यी दुवै निर्णय कार्यान्वयन नगर्न र आफुलाई नै पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

यस अघि पनि सरकारले  शाक्यलाई हटाएर कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। शाक्यले त्यस विरुद्द पनि सर्वोच्चमा मुद्दा दायर गरेपनि अझै फैसला भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

KAIFENG का विद्युतीय गाडी नेपाल ल्याउँदै एमभी दुगड समूह, ३ मोडल चयन

चिनियाँ अटोमोटिभ ब्रान्ड 'काइफेङ' (KAIFENG) का तीन मोडलका विद्युतीय...

१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौंको विद्युत आपूर्ति थप भरपर्दो हुने

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र...

राष्ट्र बैंकको निष्कर्ष: ‘संगठित र डिजिटल बन्दै हुण्डी कारोबार, निषेधले मात्र रोक्न कठिन’

नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइ (एफआईयू-नेपाल) ले 'हुण्डी...

५ रुपैयाँ दरका १५ करोड थान सिक्का बजारमा ल्याउने तयारी

नेपाल राष्ट्र बैंकले रु. ५ दरका १५ करोड थान...

पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्रीसहित ११ जनाको नाम दोस्रो सर्टलिस्टमा

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि...

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक साफा अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड “साउथ एसियन फेडेरेसन अफ...