डेडिकेटेड र ट्रंक लाइनको विवादमा सरकारसँग अण्डरस्ट्याण्डिङ भएको छ: अध्यक्ष ढकाल

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले डेडिकेटेड र ट्रंक लाइनको विवादमा सरकारसँग अण्डरस्ट्याण्डिङ भएको बताएका छन् । आज महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उद्योगीको माग अनुसार नै अण्डरस्ट्याण्डिङ भएको बताएका हुन् ।

अध्यक्ष ढकालले यो विवाद सदाका लागि निरुपण गर्न महासंघले न्यायिक आयोगको माग गरेको र सरकारले लाल आयोग बनाएको पनि स्मरण गरे । तर, त्यसपछि पनि अहिले आएर फेरि लाइन काटिएपछि यसले समग्र अर्थतन्त्रमा नै नकारात्मक असर परेको अध्यक्ष ढकालले बताए ।

अध्यक्ष ढकालले लाइन जोड्न महासंघले सबैसँग छलफल र पहल गरेको बताउदै प्रधानमन्त्री, अर्थमन्त्री, उर्जामन्त्री, उद्योगमन्त्री, प्राधिकरणका एमडी, नियमन आयोगका अध्यक्ष सबैसँग छलफल गरेको उल्लेख गरे । छलफलबाट नै अहिले सहमति भएको उनले बताए ।

उनले भने ‘ किस्तालाई धरौटी र न्यायिक प्रक्रियामा जान सक्ने गरि वार्ता गर्न मलाई उद्योगी साथीहरुको म्यान्डेट थियो
त्यसै आधारमा प्रधानमन्त्रीसँग साढे २ घण्टा छलफल भयो, हाम्रा मागअनुसार नै अण्डरस्ट्याण्डिङ भएको छ, सहमतिका लागि प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री, उद्योगमन्त्री र मुख्यसचिव लगायत सबैलाई धन्यवाद । ‘

उद्योगीहरुले विद्युत प्राधिकरणले यसअघि रकम बुझाउने गरि २८ किस्ताको सुविधा दिएअनुसार बुझाएको एक किस्ता बराबरको रकमलाई किस्ताको रुपमा नभइ विवादित बक्यौताको धरौटिका रुपमा लिएर काटिएको विद्युतको लाइन तुरुन्त जोडिने र उक्त धरौटि रकम बुझाएपछि उद्योगीहरु पुनरावलोकनमा जान सक्ने गरि अहिले सहमति भएको छ। सम्बन्धित उद्योगीले प्राधिकरणमा धरौटि बुझाउँदा नै सोही निवेदनमा आफ्नो असहमति समेत राखि पुनरावलोकन एवं अन्य व्यहोरा उल्लेख गरि पेश गर्न सक्ने गरी मध्यमार्गी बाटोमा सहमति भएको हो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

KAIFENG का विद्युतीय गाडी नेपाल ल्याउँदै एमभी दुगड समूह, ३ मोडल चयन

चिनियाँ अटोमोटिभ ब्रान्ड 'काइफेङ' (KAIFENG) का तीन मोडलका विद्युतीय...

१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौंको विद्युत आपूर्ति थप भरपर्दो हुने

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र...

राष्ट्र बैंकको निष्कर्ष: ‘संगठित र डिजिटल बन्दै हुण्डी कारोबार, निषेधले मात्र रोक्न कठिन’

नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइ (एफआईयू-नेपाल) ले 'हुण्डी...

५ रुपैयाँ दरका १५ करोड थान सिक्का बजारमा ल्याउने तयारी

नेपाल राष्ट्र बैंकले रु. ५ दरका १५ करोड थान...

पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्रीसहित ११ जनाको नाम दोस्रो सर्टलिस्टमा

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि...

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक साफा अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड “साउथ एसियन फेडेरेसन अफ...