शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। उनले आज नयाँ बानेश्वर रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा गएर मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।
मन्त्री पुनले १८ बर्ष पुगेका सबैलाई अल्छी नगरिकन फाल्गुन २१ गतेको आम चुनावमा भाग लिनको लागि मतदाता नामावलीमा नाम दर्ता गर्न अनुरोध गरेका छन्। उनले अब आउने सरकार जेन- जी पुस्ताको बन्नु पर्ने पनि बताएका छन्।
उनले भनेका छन् ‘ भगवान कसम बुढो पुस्ताले देशलाई समृद्ध बनाउन एक सक्दैन, दुइ सक्दैन, तीन सक्दैन, सक्दै सक्दैन। यो कुरा समयान्तरमा ध्रुव सत्य सबित भैसक्यो। लौ त भाई बहिनीहरु भोटर लिस्टमा नाम लेखाउन गैहाल त ।’









