विद्युत नियमन आयोगले कार्यालय प्रयोजनको लागि घर भाडामा लिने भएको छ । आयोगले हाल कार्यालय रहेको स्थान नजिकै घर भाडामा लिने भएकाले घर भाडामा दिन इच्छुक व्यक्ति, फर्म वा कम्पनीबाट सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९४ को उपनियम (१) बमोजिम आज १५ दिने सूचना जारी गरेको हो ।
देहायका विवरणहरु स्पष्ट खुलाई मासिक भाडा उल्लेख गरी आयोगको कार्यालयमा उल्लिखित आवश्यक कागजात सहितको सिलबन्दी प्रस्ताव पेश गर्न आयोगले आग्रह गरेको छ ।
यस्ता छन् आयोगले तोकेका शर्त र आवश्यक कागजात
१. भाडाका लागि प्रस्तावित घर हाल विद्युत नियमन आयोगको कार्यालय रहेको स्थानबाट ५०० मिटरको दुरीभित्र रहेको तथा कम्तीमा २० फिट फराकिलो पक्की सडकसँग जोडिएको हुनुपर्नेछ ।
२. भाडाका लागि प्रस्तावित घर वा फ्ल्याटको खुद क्षेत्रफल ९०० देखि १२०० वर्गफिट (प्रयोगयोग्य क्षेत्रफल ८०० देखि ११०० वर्गफिट) भएको हुनुपर्नेछ ।
३. प्रस्तावित घर २०७२ पछि भूकम्प प्रतिरोधात्मक मापदण्ड पूरा गरेको आरसीसी पक्की घर हुनुपर्नेछ ।
४. कम्तीमा १० वटा दुई पाङ्गे सवारी साधन अट्ने पार्किङ स्थल भएको हुनुपर्नेछ ।
५. सबै कोठामा पर्याप्त भेन्टिलेशन भएको हुनुपर्ने, उज्यालो छिर्ने हुनुपर्ने, पानी तथा शौचालयको उचित व्यवस्था भएको हुनुपर्नेछ ।
६. सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९४ को उपनियम (४) बमोजिमको घरभाडा निर्धारण समितिले निर्धारण गरेको दररेटमा मात्र घर भाडामा लिइनेछ । निर्धारित भाडा दरमा प्रचलित कानुनबमोजिम करकट्टी गरी भुक्तानी दिइनेछ ।
७. म्याद समाप्त भई प्राप्त भएको वा रीत नपुगेको निवेदन उपर कुनै कारवाही हुने छैन ।
८. प्राप्त प्रस्ताव स्वीकृत गर्ने वा नगर्ने अधिकार आयोगमा निहित रहनेछ ।
९. उल्लिखित सर्तहरु बाहेकका विषय प्रचलित कानुबमोजिम हुनेछ ।
पेश गर्नुपर्ने आवश्यक कागजातहरू
१. जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि ।
२. कित्ता नं. स्पष्ट खुल्ने देखिएको नापी नक्साको प्रतिलिपि ।
३. जग्गाधनीको नेपाली नागरिकताको प्रतिलिपि । कम्पनी वा फर्म दर्ता, स्थायी लेखा प्रमाणपत्रको प्रतिलिपि, पछिल्लो आ.व.को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि ( फर्म वा कम्पनीको हकमा मात्र ) |
४. पछिल्लो आ.व. को तिरो तिरेको रसिदको प्रतिलिपि ।
५. सम्बन्धित स्थानीय तहको नक्सा पास सम्बन्धी कागजात ।
६. घरधनीले घरभाडामा दिन चाहेको मूल्य र अवधि खुल्ने निवेदन ।









