Tuesday, July 28, 2026
spot_img

हट्यो फोहोर फाल्ने अवरोध, मन्त्री घिसिङद्वारा १५ दिन भित्र माग सम्बोधन गर्ने प्रतिवद्दता

spot_img

काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा विसर्जन गर्न विगत पाँच दिनदेखि भइरहेको अवरोध हटेको छ । अवरोध हटेपछि सडकमै अलपत्र परेका र काठमाडौंमा फोहोर लोड भएका गाडील्याण्डफिल्डसाइटतर्फ गएका छन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटका स्थानीयले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अवरोध खुलेको हो ।

फोहोर विसर्जनमा स्थानीयले अवरोध गरेपछि समस्या समाधानका लागि मन्त्री घिसिङ, शहरी विकास सचिव गोपाल सिग्देल, काठमाडौं, नुवाकोट तथा धादिङका प्रमुख जिल्ला अधिकारी, काठमाडौं महानगरपालिका कार्यकारी अधिकृतसहितको टोली लिएर आइतबार बिहान बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा पुगेका थिए।

टोलीले फोहोर विर्सन गर्ने ठाउँको स्थलगलत निरीक्षण गर्नुकासाथै ल्याण्डफिल्ड साइट पर्ने धादिङको धुनिवेशी नगरपालिकाका प्रमुख, नुवाकोटका ककनी गाउँपालिका अध्यक्ष, प्रभावित वडाका वडाध्यक्षहरु र स्थानीय बासिन्दासँग अन्तक्रिया गरेको थियो ।

मन्त्री घिसिङले प्रभावित बासिन्दासँग विगतमा भएका सहमति एवम् सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । उनले सहमति कार्यान्वयको प्रक्रिया अगाडि बढाउन १५ दिनको समय माग गर्दै फोहोर फाल्न अवरोध नगर्न अनुरोध गरेका थिए।

‘विगतमा धेरै सहमति भएका रहेछन्, मैले सबैको अध्ययन गरेको छु, अहिले म आवश्वास दिन आएको हैन, कार्यान्वयन गर्छु, फोहोर व्यवस्थापनका लागि अवरोध नगरिदिनुहोस्, अवरोध हटाएर एउटा सन्देश दिनुहोस्, बल प्रयोग गरेर नभई प्रभावितसँग वार्ता र सम्वादमार्फत सौहार्दपूर्ण रुपमा समस्या समाधान गर्छौ,’ उनले स्थानीयलाई अनुरोध गर्दै भने । ‘फोहोर व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन योजनासहित अगाडि बढ्छौ, अल्पकालीन रुपमा गर्न सकिने काम काम तत्काल अगाडि बढाउँछौं, विगतमा भएका सहमति कार्यान्वयनका लागि गर्नुपर्ने नीतिगत निर्णय गर्छौ ।’

स्थानीयले उठाउँदै आएको लिच्चड व्यवस्थापनका लागि शहरी विकास मन्त्रालयको संयोजनमा सबै सरोकारवाला निकाय सम्मिलित समिति बनाइने भएको छ । पोखरीमा जम्मा भएको लिच्चडलाई खोलामा जान नदिन रिसाइकल गर्न तत्काल पम्प सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ । हाल पम्प बिग्रिएको छ ।

ल्याण्ड फिल्ड साइटमा जथाभावी फोहोर फालिएको गुनासो सम्बोधन गर्न शहरी विकास मन्त्रालय,काठमाडौं महानगरपालिका र प्रभावित पालिकाका १÷१ जना प्रतिनिधि रहने गरी अनुगमन समिति बनाइने भएको छ ।

रात्रिकालीन फोहोर व्यवस्थापन गर्न साइटमा आवश्यक पर्ने वत्तिको व्यवस्था गरिने प्रतिबद्धता जनाउँदै मन्त्री घिसिङले सोमबारबाटै वत्ति राख्न सुरु गरिने उल्लेख गरे । यसका लागि उनले प्राधिकरणका कार्यकारी निर्देशक र नुवाकोट वितरण केन्द्र प्रमुखलाई निर्देशन दिइसकेका छन्।

वैज्ञानिक व्यवस्थापनका लागि फोहोर छुट्याउन विभिन्न ठाउँमा पहिचाहन गरिएका सार्वजनिक जग्गा स्थानीय तहलाई उपलब्ध गराउन मन्त्रिपरिषद्बाट आवश्यक निर्णय लिइने उनले बताए ।

ल्याण्डफिल्ड साइटबाट प्रभावित हुने क्षेत्रको यकिन गर्न चार सिजनको तथ्याङ्क आवश्यक पर्ने भएकाले पूरक वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)सम्पन्न गर्न केही समय लाग्ने देखिएकाले यस्तो अवस्थालाई बुझिदिन उनले स्थानीयलाई आग्रह गरेका छन्। मन्त्री घिसिङले इआइएपछि प्रभावित क्षेत्रको पहिचान हुने भएकाले सोही बमोजिम जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढ्ने बताए।

दीर्घकालीन रुपमा फोहोर व्वस्थापनका लागि लगानी बोर्डले अगाडि बढाइएको प्रक्रियामा भएको कानूनी अड्चन काठमाडौं उपत्यकाका मेयर्स फोरमलाई समेत सहभागी गराएर समाधान गरिने उनले उल्लेख गरे।

धुनिवेशी नगरपालिकाका प्रमुख वालकृष्ण आचार्य, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, प्रभावित वडाका वडाध्यक्ष, स्थानीय सरोकारवालाले विगतमा सहमति हुने तर कार्यान्वयन नहुँदा फोहोर विसर्जनको समस्या बारम्बार आउने गरेको बताए । उनीहरुले दीर्घकालीन फोहोर व्यवस्थापनका लागि कार्ययोजना सहित अगाडि बढ्नु पर्ने, फोहोर फाल्ने स्थान र मानिसलाई छुट्याउनु पर्ने, विगतमा गरिएका सहमति समझौता कार्यान्वयन गरिनु पर्ने बताएका थिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

पञ्चकन्या माई हाईड्रोको १० लाख कित्ता बढी शेयर बिक्री गर्दै पञ्चकन्या पावर

पञ्चकन्या पावर डेभलपमेन्ट प्रा. लि. ले आफ्नो नाममा रहेको...

नेप्सेको सीइओ बन्न चाहनेले १५ दिनभित्र आवेदन दिनु पर्ने, घटाईयो योग्यता

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत नियुक्तिको...

अर्घाखाँची सिमेन्टको ‘वार्षिक सेल्स मिट २०२६’ सम्पन्न

अर्घाखाँची सिमेन्टको ‘वार्षिक सेल्स मिट २०२६’ सम्पन्न भएको छ...

असारकै बिजुली खपतमा भ्याटसहित महशुल तिरेका ग्राहकको पैसा के हुन्छ ?

आन्तरिक राजस्व विभागले आर्थिक वर्ष सुरु नहुँदै (असार महिना)...

आज उद्योगीसँग छलफल गर्दै अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योगी व्यवसायीहरुसँग भेट गर्न लागेका...

विद्युत विकास विभागको महानिर्देशक परिवर्तन हुँदै, गौतमको चर्चा

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गर्न लागेको चर्चा...
spot_img