आज कार्तिक १६ गतेदेखि सरकारी कार्यालय ४ बजे नै बन्द हुने भएको छ । सरकारी कार्यालयमा जाडोयामको कार्यालय समय अवधि लागु भएसंगै आजदेखि सरकारी कार्यालय ४ बजे नै बन्द हुने भएको हो ।
आज कार्तिक १६ देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १०:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म हुनेछ ।
सरकारले नेपाल राजपत्रमा प्रकाशन गरेको समय अनुसार नेपाल राज्यभरका सबै सरकारी कार्यालयमा वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १०:०० बजेदेखि अपरान्ह ५:०० बजेसम्म हुने र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १०:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म हुनेछ ।
शुक्रबारको दिनको कार्यालय समय बिहान १०:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म हुनेछ ।









