सडक डिभिजनले चित्लाङ–चन्द्रागिरि–थानकोट सडक खण्डमा साउन २० गतेसम्म सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ । सडकको मर्मत भइरहेको र वर्षाको समय भएकाले सडक डिभिजन कार्यालय काठमाडौँले साउन २० गतेसम्म सडक खण्ड बन्द गरेको हो ।
डिभिजनका प्रमुख नारायणदत्त भण्डारीका अनुसार यो सडक खण्डमा साउन २० गतेसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म यातायात अवरुद्ध हुनेछ । उनले वर्षातको समयमा सडक मर्मतको काम भइरहेकाले सार्वजनिक यातायात चलाउँदा जोखिम बढ्ने देखिएकाले सडक खण्ड बन्द गरिएको बताएका छन् ।
अहिले सडक डिभिजनले यो खण्डमा ‘ब्याक कटिङ’को काम गरिरहेको छ ।