नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको अध्यक्षमा सुरेश उदास चयन भएका छन् । महासंघ रामेछापको तेस्रो साधारणसभा र दोस्रो अधिवेशनबाट उदास अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन् ।
उपाध्यक्षमा रुद्र श्रेष्ठ र निरा तामाङ्ग चयन हुँदा सचिवमा जय मानन्धर र उपसचिवमा बिष्णुराज कडरिया र लक्ष्मी ढुंगेल सर्वसम्मत भएका छन् ।
कोषाध्यक्षमा सरोज लामा निर्विरोध हुँदा सहकोषाध्यक्षमा मोहन कार्की पनि सर्वसम्मत भएका छन् । साधारणसभा र अधिवेशनले १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।









