आज कोशी, मधेश र बागमतीमा धेरै वर्षा हुने, काठमाडौँमा ठूलो पानी नपर्ने

spot_img
spot_img

आज शुक्रबार देशका अधिकांश स्थानको मौसम बदली रहने भएको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली हुने छ।

हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशहरूमा साधारणतया बदली रहने महाशाखाको पूर्वानुमान छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुनेछ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ । कोशी, मधेस र वाग्मती प्रदेशका केही तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको संभावना छ । यसैगरी, कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मध्यम हिमपात हुन सक्नेछ । यस्तै, ती प्रदेशका केही स्थानमा भारी हिमपात हुने सम्भावना पनि छ ।

जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार आज बिहान ६ बजेको समयमा मोन्था चक्रवातको प्रभाव क्षेत्र ट्र्याकिङ गर्दा काठमाडौं उपत्यका अब सुरक्षित घेरामा देखिएको छ देशको पूर्वी भागमा भने यसको असर देखिन थालेको छ। पूर्वानुमान गरेको भन्दा भने कम असर गर्ने देखिएको उनले बताएका छन्।

उनका अनुसार चक्रवात पछि यसको हिड्ने मुख्य केन्द्र भारतको बिहार हुदै पश्चिम बङाल- सिक्किम तर्फ जादै गरेको छ भने बाहिरि घेराको प्रभाव नेपालमा छ। भारतमा जस्तो ठुलो जोखिम नेपाल मा हुदैन कि भन्ने पुर्वानुमान गरिएको उनले उल्लेख गरेका छन् । यद्यपि कोशी प्रदेशको केहि भागमा भारी वर्षा हुदै गरेको र वर्षा दिनभरि जस्तो हुने संभावनाले त्यस क्षेत्रमा जोखिम कायम नै रहेको उनले बताएका छन्।

उनका अनुसार मधेश प्रदेश र कोशी प्रदेशको केहि भाग मा मध्यम वर्षा हुदै छ र जुन आज सक्रिय नै रहने देखिन्छ । बागमती प्रदेशको उत्तरी भागमा पनि हल्का वर्षा हुँदै छ। बिराटनगर- इटहरी क्षेत्रमा पनि मध्यम देखि भारी वर्षा भईरहेको उनले बताए।  पश्चिम नेपालमा भने वर्षा संभावना कम हुदै गएको छ।  कोशी प्रदेश र मधेस प्रदेश को केहि भागमामा जोखिम कायम नै रहेकोले सतर्कता अपनाउन उनले भनेका छन्।

आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

KAIFENG का विद्युतीय गाडी नेपाल ल्याउँदै एमभी दुगड समूह, ३ मोडल चयन

चिनियाँ अटोमोटिभ ब्रान्ड 'काइफेङ' (KAIFENG) का तीन मोडलका विद्युतीय...

१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौंको विद्युत आपूर्ति थप भरपर्दो हुने

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र...

राष्ट्र बैंकको निष्कर्ष: ‘संगठित र डिजिटल बन्दै हुण्डी कारोबार, निषेधले मात्र रोक्न कठिन’

नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइ (एफआईयू-नेपाल) ले 'हुण्डी...

५ रुपैयाँ दरका १५ करोड थान सिक्का बजारमा ल्याउने तयारी

नेपाल राष्ट्र बैंकले रु. ५ दरका १५ करोड थान...

पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्रीसहित ११ जनाको नाम दोस्रो सर्टलिस्टमा

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि...

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक साफा अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड “साउथ एसियन फेडेरेसन अफ...