Sunday, June 14, 2026
spot_img

इप्पानद्धारा ऊर्जा मन्त्रालयलाई चार थान टेलिभिजन हस्तान्तरण

spot_img
spot_img

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयलाई चार थान टेलिभिजन हस्तान्तरण गरेको छ । जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएका सार्वजनिक संरचनाहरुको पुर्ननिर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयको समन्वयमा सहरी विकास मन्त्रालय, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, सानो गौचरण, काठमाडौसँग भएको सम्झौता अनुसार आज बिहीबार चार थान टेलिभिजन हस्तान्तरण गरेको हो ।

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा मन्त्रालयका सह–सचिव रुद्रसिंह तामाङलाई इप्पान उपाध्यक्ष भरत खत्री र महासचिव बलराम खतिवडाले हस्तान्तरण गरे । टेलिभिजन ग्रहण गर्दै सह–सचिव तामाङले टेलिभिजनहरु सहायता गरेकोमा इप्पानलाई धन्यवाद दिए ।  महासचिव खतिवडाले ऊर्जा मन्त्रालयले निजी क्षेत्रका लगानीकर्ताहरुको लागि सहजीकरण गर्ने थलो भएकोले आफ्नो दायित्व निर्वाह गर्ने क्रममा मन्त्रालयकै आग्रह बमोजिम सहायता गरिएको बताए ।

इप्पानद्धारा हस्तान्तरण गरिएका टेलिभिजनहरु मन्त्रालयको बैठक कक्षका साथै अन्य स्थानमा रहनेछन् । जेनजी आन्दोलनको क्रममा टेलिभिजनहरु क्षति भएपछि मन्त्रालयलाई बैठक कक्षमा प्रश्तुतीकरण लगायतमा समस्या परेको थियो ।

इप्पान उपाध्यक्ष खत्रीका अनुसार, क्षतिग्रस्त सार्वजनिक संरचनाहरुको पुर्ननिर्माणको क्रममा सहरी विकास मन्त्रालयसँग समन्वय गरी क्षतिग्रस्त गृह मन्त्रालयमा रंगरोहणको कार्य अघि बढाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पानकाे नवनिर्वाचित कार्यसमितिद्वारा शपथ ग्रहण

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित कार्यसमितिका...

एनआईसी एशिया लघुवित्तको साधारणसभा सम्पन्न, नयाँ संचालक समिति चयन

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

 गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले मनायो २४ औं वार्षिकोत्सव

गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले  २४ औं वार्षिकोत्सव मनाएको...

असार महिनाको लागि नेपाल एसबिआई बैंकले तोक्यो नयाँ ब्याजदर, कुनमा कति ?

नेपाल एसबिआई बैंकले २०८३ असार महिनाको लागि नयाँ ब्याजदर...

हिरा र बहुमूल्य पत्थरमा भ्याट नलगाउन माग

नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरमा...

‘आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई...
spot_img