Tuesday, August 18, 2026
spot_img

आज साँझ ५ बजेदेखि बिपी राजमार्ग बन्द गर्ने निर्णय

spot_img

जिल्ला प्रशासन कार्यालय काभ्रेले आज कार्तिक १३ गते बिहीबार साँझदेखि विपी राजमार्ग बन्द गर्ने निर्णय गरेको छ । भारी वर्षा, बाढी तथा पहिरोको जोखिम बढेकोले राजमार्ग बन्द गर्न लागिएको हो।

वर्षात र बाढी पहिरोबाट सवारीसाधन र यात्रुलाई हुन सक्ने जोखिम हुन नदिन २०८२ कार्तिक १३ गते विहीबार साँझ ०५:०० बजेदेखि कार्तिक १४ गते शुक्रबार बिहान ६ बजेसम्म बि.पी. राजमार्गको काभ्रे भञ्ज्याङ्ग भकुण्डेबेशी- सिन्धुली सडक खण्डमा आवतजावत गर्ने एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारी साधन बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधनको आवागमनमा निषेध गरिएको हो। प्रशासन कार्यालयका अनुसार रोशी खोला र स्थानीय खहरे खोलामा बाढी आएको अवस्थामा अन्य समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै स्थानमा सवारी साधनहरु रोक्न सक्नेछ ।

उल्लेखित अवधिमा अत्यन्त जरूरी नभईकन बाहिर नजान, विशेषगरी टाढा र रातको समयमा यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ। पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउन प्रशासनले भनेको छ ।

प्रशासनले डुबान हुने सक्ने बस्तीहरूलाई सुरक्षित क्षेत्र (अस्थायी) र सुरक्षित स्थानबारे जानकारी लिन र आवश्यक पर्दा गाँउपालिका/ नगरपालिका द्वारा यस अघी निर्धारित सुरक्षित स्थानमा जान पनि आग्रह गरेको छ । प्रशासनले जिल्ला स्थित सुरक्षा निकायहरु, स्थानीय तहहरु, स्वयंमसेवक लगायत सरोकारवाला सबै निकाय स्वीकृत प्रतिकार्य योजना अनुरुप तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

वि.पी. र अरनिको राजमार्ग आयोजनाहरु (सडक डिभिजन भक्तपुर र सूर्यविनायक-धुलिखेल सडक आयोजना) ले सडकहरूमा तुरून्त परिचालन हुने गरी डोजर, एस्काभेटर, लोडर लगायतका साधनहरू तयारी अवस्थामा राख्न प्रशासनले निर्देशन दिएको छ। पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्न सरोकारवाला संस्थाहरू जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...
spot_img