राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का उपाध्यक्ष कमल गौतमको निधन भएको छ । विद्युत प्राधिकरणले उद्योगमा लाइन काटेपछि उद्योगका मजदूरहरुको आन्दोलनमा सहभागी भएका उनी भाषण गर्दागर्दै ढलेका गिए ।
भैरहवास्थित विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका उनी अचानक ढलेका थिए । उनलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्याइएको थियो। तर, अस्पताल पुर्याउनासाथ चिकित्सकहरुले ६५ वर्षीय गौतमलाई मृत घोषणा गरेका हुन् ।
बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतम २०५४ सालदेखि जिफन्टमा सक्रिय रूपमा सक्रिय थिए ।











