नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम, बन्दीपुर तनहुँले युवा उद्यमी कृषकहरूका लागि व्यावसायिक बाख्रापालन तालिम प्रदान गर्ने भएको छ। राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले २० जना युवा कृषकहरुको लागि राष्ट्रिय स्तरको व्यावसायिक बाख्रा पालन सम्बन्धी १० दिने आवासीय तालिम सञ्चालन गर्नको लागि आज सूचना प्रकाशन गरेको हो।
कार्यक्रमले इच्छुक उद्यमी कृषकहरूलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस कार्यक्रममा वा कार्यक्रमको इमेल ठेगाना [email protected] मा आइपुग्ने गरी निवेदन पेश गर्न आग्रह गरेको हो । निवेदनमा किसानको नाम, ठेगाना, उमेर, लिङ्ग, शैक्षिक योग्यता, बाख्रा फार्म दर्ता गरेको भए फार्मको नाम र दर्ता नम्बर, बाख्रा पालेको सङ्ख्या र फार्मको क्षेत्रफल आदि संलग्न गरी सम्बन्धित स्थानीय निकायको प्रमुख वा वडाध्यक्षबाट सिफारिस गराउनुपर्ने उल्लेख छ ।
निवेदन फाराम राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम, बन्दीपुर तथा www.narc.gov.np बाट डाउनलोड गर्न सकिनेछ । विस्तृत जानकारीका लागि यस कार्यक्रमको मोबाइल नं. ९८४६३८४४२१ र ९८६७६९२४२० मा सम्पर्क गर्न सकिने कार्यक्रमले जनाएको छ ।









