Sunday, November 9, 2025
spot_img

‘मोन्था’ चक्रवातको प्रभावले पानी पर्न सुरु, काठमाडौँमा २४ घण्टा वर्षा हुने अनुमान

spot_img

हाल देशका देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै देशमा पश्चिमी वायुको सक्रिय प्रभाव छ भने अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात “मोन्था” को आंशिक प्रभाव परेको छ ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भू–भागमा आज दिउँसो अधिकांश समय बादल लाग्ने छ भने तराईका भू–भागमा सामान्य बदली रहनेछ । कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने विभागको पूर्वानुमान छ ।

महाशाखााले देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही भागमा मध्यम हिमपात हुन सक्ने जनाएको छ । वर्षा र हिमपातको सम्भावना रहेका स्थानको यात्रा गर्ने तथा ती भेगका किसानलाई महाशाखाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार गएरातिबाट सुरु हुने वर्षाले नेपालको धेरै ठाउँमा भारी वर्षा गराउने देखिएको छ। काठमाडौँमा लगभग २४-घण्टा, मधेश र कोशीमा ३६-घण्टासम्म बर्षा हुने पूर्वानुमान गरिएको उनले बताएका छन् । उनका अनुसार तीन वटा मौसमी मोडलले बर्षाको मात्रा फरक देखाए पनि वर्षा हुने ठाउँ र अबधि उस्तै देखाएकोले एकदमै सजग हुनु पर्छ।

जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार नेपालमा चक्रवातको बाहिरि घेराको प्रभाव कार्तिक १३ गतेको दिउँसो देखि सुरु हुने छ । उनका अनुसार बुटवल – चितवन हुदै पुर्बी भुभाग- बागमति, मधेस प्रदेश र कोशी प्रदेशको धेरै भागमा  सुरु भैइ, मुख्य प्रभाव शुक्रबार १४ गते र १५ गते देखिन्छ। चक्रवातको मुख्य केन्द्र भने भारतको बिहार हुदै पश्चिम बङाल अनि आसाम मेघालय तिर जाने उनले बताए ।

उनका अनुसार मधेस प्रदेश र कोशी प्रदेशको धेरै भागमा मध्यम देखि भारी वर्षाको संभावना कार्तिक १४-१५ गते हुने देखिन्छ । सुदुर पश्चिम , कर्णालीमा बादल लागे पनि ठुलो वर्षाको सम्भावना कम रहेको उनले उल्लेख गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

स्वावलम्बन लघुवित्तले ऋणपत्र निष्काशन गर्ने

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्काशन गर्ने भएको छ।...

कुन मूल्यमा भयो सागर डिस्टिलरीको पहिलो शेयर कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सागर डिस्टिलरी लिमिटेडको शेयर कारोबार...

बढ्यो सुनको भाउ

आज आइतबार पनि सुनको भाउ बढेको छ । शुक्रबार...

आईसीएफसी फाइनान्सको लाभांश घोषणा

आईसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक २३...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको...

एक्यानको अध्यक्षमा अनुप नेपाल निर्वाचित

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को अध्यक्षमा अनुप नेपाल...
spot_img
spot_img
spot_img