Monday, July 13, 2026
spot_img

‘मोन्था’ चक्रवातको प्रभावले पानी पर्न सुरु, काठमाडौँमा २४ घण्टा वर्षा हुने अनुमान

spot_img

हाल देशका देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै देशमा पश्चिमी वायुको सक्रिय प्रभाव छ भने अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात “मोन्था” को आंशिक प्रभाव परेको छ ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भू–भागमा आज दिउँसो अधिकांश समय बादल लाग्ने छ भने तराईका भू–भागमा सामान्य बदली रहनेछ । कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने विभागको पूर्वानुमान छ ।

महाशाखााले देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही भागमा मध्यम हिमपात हुन सक्ने जनाएको छ । वर्षा र हिमपातको सम्भावना रहेका स्थानको यात्रा गर्ने तथा ती भेगका किसानलाई महाशाखाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार गएरातिबाट सुरु हुने वर्षाले नेपालको धेरै ठाउँमा भारी वर्षा गराउने देखिएको छ। काठमाडौँमा लगभग २४-घण्टा, मधेश र कोशीमा ३६-घण्टासम्म बर्षा हुने पूर्वानुमान गरिएको उनले बताएका छन् । उनका अनुसार तीन वटा मौसमी मोडलले बर्षाको मात्रा फरक देखाए पनि वर्षा हुने ठाउँ र अबधि उस्तै देखाएकोले एकदमै सजग हुनु पर्छ।

जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार नेपालमा चक्रवातको बाहिरि घेराको प्रभाव कार्तिक १३ गतेको दिउँसो देखि सुरु हुने छ । उनका अनुसार बुटवल – चितवन हुदै पुर्बी भुभाग- बागमति, मधेस प्रदेश र कोशी प्रदेशको धेरै भागमा  सुरु भैइ, मुख्य प्रभाव शुक्रबार १४ गते र १५ गते देखिन्छ। चक्रवातको मुख्य केन्द्र भने भारतको बिहार हुदै पश्चिम बङाल अनि आसाम मेघालय तिर जाने उनले बताए ।

उनका अनुसार मधेस प्रदेश र कोशी प्रदेशको धेरै भागमा मध्यम देखि भारी वर्षाको संभावना कार्तिक १४-१५ गते हुने देखिन्छ । सुदुर पश्चिम , कर्णालीमा बादल लागे पनि ठुलो वर्षाको सम्भावना कम रहेको उनले उल्लेख गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

जुलाईभरि HONOR 600 र HONOR 600 Pro खरिद गर्दा स्मार्टवाच सित्तैमा

स्मार्टफोन कम्पनी HONOR ले HONOR 600 र HONOR 600...

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्...

पासपोर्ट व्यवस्थापनमा आजदेखि नयाँ प्रणाली

राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत...

टाइम फर्मास्यूटिकल्स आईपीओ: QII को लागि ५०० देखि ७५० रुपैयाँसम्म हुने गरि मूल्य निर्धारण

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिङ्ग बिधि मार्फत निष्काशन हुने...

सर्वोत्तम पेन्ट्सको शेयर डिम्याट गराउन सम्झौता

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन...

घट्यो सुनचाँदीको मूल्य

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...
spot_img