संसद् पुनःस्थापना होला कि नहोला ? सर्वोच्चका यी ५ न्यायाधीशले गर्नेछन् फैसला

spot_img
spot_img

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएका रिट निवेदनमा आजदेखि सुनुवाइ सुरु भएको छ। आजदेखि सर्वोच्च अदालतको संवैधानिक इजलाशमा मुद्दाको सुनुवाई सुरु भएको हो ।

प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै १६ वटा रिट दायर भएका छन् । ति सबैमा आज एक साथ सुनुवाई सुरु भएको हो । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा मुद्दामा बहसकर्तालाई ५/५ मिनेट समय दिइएको छ । रिट निवेदक र बहसकर्ता धेरै भएकोले यस मुद्दामा आदेश आउँन भने समय लाग्न सक्ने देखिन्छ ।

को को छन् इजलाशमा ?

यस मुद्दाको सुनुवाईको लागि प्रधानन्यायधीश प्रकाशमान सिंह राउतले न्यायधीशहरुको बरिष्ठता कै आधारमा आफु सहित ५ जना न्यायधीश सम्मिलित संवैधानिक इजलाश गठन गरेका छन् । इजलाशमा प्रधानन्यायधीश प्रकाशमान सिंह राउत र न्यायधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र डा. मनोज कुमार शर्मा रहेका छन् ।

यहि इजलाशले सुशिला कार्कीलाई प्रधानमन्त्रीमा गरिएको नियुक्ति बदर गर्ने कि नगर्ने, विघटन गरिएको संसद पुनःस्थापना गर्ने कि नगर्ने, अहिले गठिन सरकारलाई निरन्तरता दिने कि नदिने, फागुन २१ मा तय भएको प्रतिनिधि सभा निर्वाचन गराउने कि नगराउने भन्ने विषयमा आदेश दिने छ ।

के छन् रिट निवेदनमा ?

प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले भदौ २३ गते राजीनामा दिएका थिए।  जेनजीहरूको प्रदर्शन उग्र बनेर आगजनी र तोडफोड बढ्दै गएपछि उनले राजीनामा दिएका थिए। सोहि दिन साँझ नेपाली सेना शान्ति सुरक्षाको लागि सडकमा निस्किएको थियो।

सेनासहितको छलफलपछि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए। कार्की कै सिफारिसमा सोहि दिन संसद विघटन गरिएको थियो। सरकारलाई फागुन २१ गते चुनाव गराउनु पर्ने जिम्मेवारी तोकिएको छ।

राष्ट्रपति र प्रधानमन्त्री कार्कीको कदम विरुद्द सर्वोच्चमा रिट परेको हो । कतिपय रिटमा पूर्वप्रधानन्यायाधीश भईसककोले व्यक्तिलाई सरकारले जाँचबुझ आयोग बाहेक अन्य काममा लगाउन नसक्ने संवैधानिक व्यवस्था रहेकोले कार्कीको नियुक्त बदर गर्न माग गरिएको छ। कतिपय रिटमा संसदबाट नै सरकार बन्न सक्ने अवस्था हुँदा हुँदै संसद बाहिरको व्यक्तिलाई प्रधानमन्त्री बनाईएको भन्दै उनको नियुक्ति बदरको माग गरिएको छ। कतिपय रिटमा अहिलेको संसदबाट नै सरकार बन्न सक्ने अवस्था रहँदा रहदै संसद विघटन गरिएको भन्दै संसद पुन: स्थापनाको माग गरिएको छ।

कार्कीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिले संविधानको धारा ६१ लाई टेकेका थिए।  तर प्रधानमन्त्री नियुक्तिको व्यवस्था संविधानको धारा ७६ मा रहेकोले सोहि अनुसार मात्र प्रधानमन्त्री नियुक्त हुन सक्ने भन्दै कार्कीको नियुक्त बदर गर्न पनि कतिपय रिटमा माग गरिएको छ। कतिपय रिटमा प्रधानमन्त्री नियुक्त सुशिला कार्कीलाई संसद विघटनको अधिकार नै नरहेको जिकिर गर्दै संसद पुन: स्थापना गर्न माग गरिएको छ ।

प्रधानन्यायधीश राउतको नेतृत्वको संवैधानिक इजलाशले यिनै विषयमा संविधानको व्याख्या गर्दै आदेश दिने छ। यो इजलाशले दिएको आदेशले देशको राजनीतिक दिशानिर्देशन तय गर्ने भएकोले यसमा सबैको नजर रहनेछ । साथै अहिलेको फरक परिस्थितिमा इजलाशले गर्ने आदेश र फैसलाहरु ऐतिहासिक समेत हुनेछन्। यदि संवैधानिक इजलाशका न्यायधीशहरु बीच एकमत हुन नसकेमा बहुमत न्यायधीशले गर्ने आदेश मान्य हुने छ।

यी हुन् १६ रिट निवेदक  

अधिवक्ता डा प्रेमराज सिलवाल
युवराज पौडेल
अधिवक्ता किर्तीनाथ शर्मा पौडेल समेत
आयुष बडाल समेत
मकबुल मियाँ
अधिवक्ता खडकबहादुर शाह
डम्बर प्रसाद शिवाकोटी
अधिवक्ता दल बहादुर धामी
अधिवक्ता प्रकाश भूजेल समेत
अधिवक्ता बिपिन ढकाल
आयुष भण्डारी समेत
अधिवक्ता आभाष पोखरेल
ओम प्रकाशजङ्ग शाह
अधिवक्ता विमल पोखरेल
अधिवक्ता डा पुण्यप्रसाद खतिवडा समेत
अधिवक्ता शेरबहादुर रोकाया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

KAIFENG का विद्युतीय गाडी नेपाल ल्याउँदै एमभी दुगड समूह, ३ मोडल चयन

चिनियाँ अटोमोटिभ ब्रान्ड 'काइफेङ' (KAIFENG) का तीन मोडलका विद्युतीय...

१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौंको विद्युत आपूर्ति थप भरपर्दो हुने

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र...

राष्ट्र बैंकको निष्कर्ष: ‘संगठित र डिजिटल बन्दै हुण्डी कारोबार, निषेधले मात्र रोक्न कठिन’

नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइ (एफआईयू-नेपाल) ले 'हुण्डी...

५ रुपैयाँ दरका १५ करोड थान सिक्का बजारमा ल्याउने तयारी

नेपाल राष्ट्र बैंकले रु. ५ दरका १५ करोड थान...

पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्रीसहित ११ जनाको नाम दोस्रो सर्टलिस्टमा

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि...

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक साफा अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड “साउथ एसियन फेडेरेसन अफ...