सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना भएको छ । आज बिहान सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकप्टर दुर्घटना भएको छ ।
हेलिकप्टर लुक्लाबाट लोबुचे जाँदै थियो । अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटनामा परेको हो।हेलिकप्टर क्याप्टेन विवेक खड्काले उडाएका थिए। हेलिकप्टर उडाईरहेका क्याप्टेन खड्का सकुशल रहेको बताईएको छ। हेलिकप्टरमा भने क्षति पुगेको छ।
दुर्घटनाको थप विवरण आउँन बाँकि छ ।









