देउवा दम्पति नै गए सिंगापुर

spot_img
spot_img

जेन्जी आन्दोलनको क्रममा घाइते भएका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा उपचारको लागि भन्दै सिंगापुर गएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका देउवा पत्नि आरजु राणा देउवासहित सोमबार राति सिंगापुर प्रस्थान गरेका हुन् । उनीहरु सिंगापुर एयरलाइन्समार्फत सिंगापुर गएका हुन् ।

जेन्जी आन्दोलनको क्रममा उनीहरु दुबै जनामाथि कुटपिट भएको थियो । सुरक्षाकर्मीहरुले उनीहरुलाई घरबाट उद्दार गरि अस्पताल पुर्याएका थिए।

जेन्जी आन्दोलनपछि देउवा असोज २८ गते पार्टी केन्द्रीय कार्यालयमा  सानेपामा बसेको केन्द्रीय समिति बैठकमा पहिलो पटक सार्वजनिक भएका थिए।

देउवाले केन्द्रीय समिति बैठकमा सम्बोधन पनि गरेका थिए। सम्बोधनको क्रममा उनले २१ फागुनका लागि घोषित निर्वाचनका लागि भयरहित वातावरण नबनेको तथा मुलुकमा शान्ति सुरक्षाको ग्यारेन्टी नभएको बताएका थिए। निर्वाचनको लागि आवश्यक वातावरण बनाउन सके मात्र निर्वाचनमा सबै सहभागी हुने अवस्था बन्ने भन्दै उनले यसतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए। देउवाले १५औं महाधिवेशनबाट नेतृत्व छाड्ने पनि बताएका थिए।

उनले सोहि दिन पार्टी उपसभापति रहेका पूर्णबहादुर  खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

KAIFENG का विद्युतीय गाडी नेपाल ल्याउँदै एमभी दुगड समूह, ३ मोडल चयन

चिनियाँ अटोमोटिभ ब्रान्ड 'काइफेङ' (KAIFENG) का तीन मोडलका विद्युतीय...

१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौंको विद्युत आपूर्ति थप भरपर्दो हुने

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र...

राष्ट्र बैंकको निष्कर्ष: ‘संगठित र डिजिटल बन्दै हुण्डी कारोबार, निषेधले मात्र रोक्न कठिन’

नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइ (एफआईयू-नेपाल) ले 'हुण्डी...

५ रुपैयाँ दरका १५ करोड थान सिक्का बजारमा ल्याउने तयारी

नेपाल राष्ट्र बैंकले रु. ५ दरका १५ करोड थान...

पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्रीसहित ११ जनाको नाम दोस्रो सर्टलिस्टमा

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि...

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक साफा अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड “साउथ एसियन फेडेरेसन अफ...