आज देशभरको मौसम बदली हुने, वर्षा र हिमपातको सम्भावना

spot_img
spot_img

हाल पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहँदा आज देशभर साधारणतया बदली रहने छ । आज दिउँसो गण्डकी, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी मौसम बुलेटिनमा उल्लेख छ ।

साथै बाँकी तराईका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बागमती ,गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपात÷वर्षाको पनि सम्भावना छ । त्यसैगरी आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही तराई भूभागमा आंशिक बदली रहनेछ । गण्डकी प्रदेशका केही स्थान तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थान तथा कोशी प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ ।

बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा भारी हिमपात र वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

KAIFENG का विद्युतीय गाडी नेपाल ल्याउँदै एमभी दुगड समूह, ३ मोडल चयन

चिनियाँ अटोमोटिभ ब्रान्ड 'काइफेङ' (KAIFENG) का तीन मोडलका विद्युतीय...

१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौंको विद्युत आपूर्ति थप भरपर्दो हुने

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र...

राष्ट्र बैंकको निष्कर्ष: ‘संगठित र डिजिटल बन्दै हुण्डी कारोबार, निषेधले मात्र रोक्न कठिन’

नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइ (एफआईयू-नेपाल) ले 'हुण्डी...

५ रुपैयाँ दरका १५ करोड थान सिक्का बजारमा ल्याउने तयारी

नेपाल राष्ट्र बैंकले रु. ५ दरका १५ करोड थान...

पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्रीसहित ११ जनाको नाम दोस्रो सर्टलिस्टमा

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि...

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक साफा अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड “साउथ एसियन फेडेरेसन अफ...