भारत हुँदै आउने २ मौसमी प्रणालीको असर नेपालमा: आज राति देखि नै वर्षा र हिमपात

spot_img
spot_img

यो साता नेपालमा मौसम सक्रिय रहने भएको छ। पश्चिमी वायुको प्रभाव, अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा बनेको मोन्था नामको सामुद्रिक आँधीको कारणले नेपालमा वर्षा र हिमपात गराउने भएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायूको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले आज कार्तिक १० गते राति देखि कार्तिक १२ गते बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ । साथै, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको छ ।

बुधबारबाट भने बङ्गालको खाडीमा बनेको मोन्था नामको सामुद्रिक आँधीको प्रभाव नेपालमा देखिने छ । मौसमविदहरुका अनुसार यो आँधीको प्रभावले बुधबारदेखि शनिवारसम्म पूर्वी नेपालमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा यस प्रणालीले वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात गराउने बताईएको छ। धेरै प्रभाव भने कोशी, मधेश र बागमतीमा देखिने छ।

मङ्गलबारदेखि शनिवारसम्मको वर्षाको अनुमान 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

KAIFENG का विद्युतीय गाडी नेपाल ल्याउँदै एमभी दुगड समूह, ३ मोडल चयन

चिनियाँ अटोमोटिभ ब्रान्ड 'काइफेङ' (KAIFENG) का तीन मोडलका विद्युतीय...

१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौंको विद्युत आपूर्ति थप भरपर्दो हुने

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र...

राष्ट्र बैंकको निष्कर्ष: ‘संगठित र डिजिटल बन्दै हुण्डी कारोबार, निषेधले मात्र रोक्न कठिन’

नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइ (एफआईयू-नेपाल) ले 'हुण्डी...

५ रुपैयाँ दरका १५ करोड थान सिक्का बजारमा ल्याउने तयारी

नेपाल राष्ट्र बैंकले रु. ५ दरका १५ करोड थान...

पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्रीसहित ११ जनाको नाम दोस्रो सर्टलिस्टमा

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि...

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक साफा अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड “साउथ एसियन फेडेरेसन अफ...