प्रदूषण ह्वात्तै बढेपछि भारतको राजधानी दिल्लीमा पहिलो पटक कृत्रिम वर्षा गराउने तयारी

spot_img
spot_img

भारतको राजधानी दिल्लीको हावापानी अत्यन्तै प्रदूषित बन्दै गएपछि दिल्ली सरकारले कृत्रिम वर्षा गराउने महत्वाकांक्षी योजना अघि सारेको छ। यो योजना विशेष गरी दीपावली पछि बढेको धुवाँ र धुलोले सिर्जना गरेको स्मग (धुवाँको बादल) लाई सफा गर्नका लागि हो। विश्वको सबैभन्दा प्रदूषित सहरको रूपमा चिनिने दिल्लीमा यो वर्षा कृत्रिम रूपमा उत्पन्न गरेर हावा सफा पार्ने लक्ष्य राखिएको छ।

दिल्लीका मुख्यमन्त्री रेखा गुप्ताले यो योजनालाई ‘ऐतिहासिक क्षण’ को संज्ञा दिँदै भनेकी छिन् “यो वातावरणीय चुनौतीविरुद्ध वैज्ञानिक समाधानको नयाँ युग हो। हामी उन्नत प्रविधिको प्रयोग गरेर दिल्लीको हावा सफा पार्न र वातावरणीय सन्तुलन कायम गर्न प्रतिबद्ध छौं।” उनका अनुसार मौसम अनुकूल भएमा अक्टोबर २९ मा दिल्लीले पहिलो पटक कृत्रिम वर्षा अनुभव गर्नेछ।

दिल्लीमा दीपावलीपछि पटाका पटाकाबाट निस्किएको धुवाँ, सवारी साधनको उत्सर्जन र कृषि अवशेष जलाउने कार्यले हावा गुणस्तर (AQI) खतरनाक स्तरमा पुगेको छ। पीएम २.५ र पीएम १० जस्ता सूक्ष्म कणहरूले सास फेर्न कठिन बनाएको छ। यो वर्षा मार्फत प्रदूषक कणहरूलाई जमिनमा झारेर हावा सफा पार्ने अपेक्षा गरिएको छ। यो योजना दिल्ली सरकार र आईआईटी कानपुरको संयुक्त प्रयास हो, जसमा भारत मौसम विभाग (IMD) र भारतीय उष्णकटिबंधीय मौसम विज्ञान संस्थान (IITM) को पनि सहभागिता छ।

पहिलो कृत्रिम वर्षा अक्टोबर २९, २०२५ मा हुने अपेक्षा गरिएको छ, तर मौसम अनुकूल नभएमा अक्टोबर २८ देखि ३० सम्ममा यो कार्य हुन सक्छ। IMD ले यी दिनहरूमा बादलयुक्त आकाश हुने पूर्वानुमान गरेको छ। समग्र योजना अक्टोबर १ देखि नोभेम्बर ३० सम्म सञ्चालन हुने छ। हालै बुरारी क्षेत्रमा भएको परीक्षण सफल भएको बताईएको छ।

कसरी हुनेछ यो वर्षा ?
यो प्रक्रिया ‘क्लाउड सिडिङ’ (बादल बिउने) नामक प्रविधिमा आधारित छ। आईआईटी कानपुरको सेस्ना २०६-एच विमान (भियटी-आईआईटी) बाट बादलभित्र चाँदीको आयोडाइड, आयोडाइज्ड नुन र चट्टान नुनको मिश्रण भएको पाइरोटेक्निक फ्लेयरहरू फायर गरिनेछ। यी रसायनहरूले बादलका पानीका थोपा बढाएर वर्षा उत्पन्न गर्छन्। परीक्षण उडान खेकडा, बुरारी र बादली क्षेत्रमा सफलतापूर्वक सम्पन्न भएको छ। यो कार्यका लागि २३ विभागहरूबाट अनुमति लिइएको छ, जसमा नागरिक उड्डयन महानिर्देशकालय (DGCA) को पनि स्वीकृति छ। सुरक्षाका लागि दृश्य उडान नियमहरू पालना गरिनेछ।

योजनामा कुनै निश्चित वर्षाको मात्रा तोकिएको छैन। मुख्य उद्देश्य प्रदूषण सफा पार्न पर्याप्त वर्षा उत्पन्न गर्नु हो, जसले धुलो र स्मगलाई जमिनमा झारेको हावालाई ताजा बनाउँछ। वैज्ञानिकहरूका अनुसार, यो वर्षाले सामान्य वर्षा जस्तै प्रभाव पार्न सक्छ, तर यसको प्रभाव मौसममा निर्भर हुन्छ।

यो दिल्लीमा पहिलो पटक हुने कृत्रिम वर्षा हो, जसलाई मुख्यमन्त्री गुप्ताले ‘प्रविधिमा ऐतिहासिक माइलस्टोन’ भनेकी छन्। तर भारतमा यो प्रविधिको प्रयोग पहिलेदेखि नै भइरहेको छ। १९५० को दशकदेखि नै भारतले क्लाउड सिडिङ परीक्षण गरेको थियो, र हालका वर्षहरूमा महाराष्ट्र, कर्नाटक जस्ता राज्यहरूमा पनि यो सफलतापूर्वक प्रयोग भएको छ। दिल्लीको यो प्रयास भने राष्ट्रिय राजधानीका लागि नयाँ हो।

यो योजनाले दिल्लीवासीहरूलाई प्रदूषणबाट केही राहत दिन सक्छ, तर विशेषज्ञहरूले यसलाई दीर्घकालीन समाधान नभई अस्थायी उपाय भनेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

KAIFENG का विद्युतीय गाडी नेपाल ल्याउँदै एमभी दुगड समूह, ३ मोडल चयन

चिनियाँ अटोमोटिभ ब्रान्ड 'काइफेङ' (KAIFENG) का तीन मोडलका विद्युतीय...

१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौंको विद्युत आपूर्ति थप भरपर्दो हुने

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र...

राष्ट्र बैंकको निष्कर्ष: ‘संगठित र डिजिटल बन्दै हुण्डी कारोबार, निषेधले मात्र रोक्न कठिन’

नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइ (एफआईयू-नेपाल) ले 'हुण्डी...

५ रुपैयाँ दरका १५ करोड थान सिक्का बजारमा ल्याउने तयारी

नेपाल राष्ट्र बैंकले रु. ५ दरका १५ करोड थान...

पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्रीसहित ११ जनाको नाम दोस्रो सर्टलिस्टमा

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि...

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक साफा अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड “साउथ एसियन फेडेरेसन अफ...