आज आइतबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले ४ जनालाई मन्त्री नियुक्त गर्नको लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेकी छिन्।
आजै राष्ट्रपतिले उनीहरुलाई मन्त्री नियुक्त गरेर सपथ खुवाउने तयारी भएको छ।
स्रोतका अनुसार सुधा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता आज मन्त्री बन्दै छन्। गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिने छ ।
आज मन्त्रिपरिषद् विस्तार भएसंगै मन्त्रिपरिषदमा प्रधानमन्त्री सहित १२ सदस्य हुने छन् ।









