तिहारको बेलामा नेपालका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार मनसुन सकिएपछिको पहिलो पश्चिमी वायुको प्रभावले नेपालका केही ठाउँमा तिहारको दिन वर्षा गराउने सम्भावना रहेको छ।
उनका अनुसार पश्चिमी वायु कमजोर नै रहे पनि केही ठाउँमा वर्षा र काठमाडौँमा चिसो बढाउने सम्भावना बढी रहेको छ। यद्यपि यो हल्का वर्षा मात्र हुने र दशैँको जस्तो भारी वर्षाको सम्भावना भने नरहेको बताईएको छ ।









