सुरु भयो तिहार, आज धनतेरस

spot_img
spot_img

उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ भएको छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ ।

आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको हो । दिउँसो १ः२३ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ ।

यस दिनलाई धनवन्तरी तथा धनतेरस पनि भन्ने गरिन्छ ।   धनवन्तरिको प्रादुर्भाव समुद्र मन्थनबाट भएको र उत्पन्न हुँदा उनले हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले यस दिनलाई भाँडाकुडा किनमेलका लागि शुभदिन मान्ने गरिन्छ ।

धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखिन्छ। यसरी ल्याइएको भाँडाकुँडामा लक्ष्मीपूजा गरिन्छ । यसरी पूजाआराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धार्मिक विश्वास छ । धनतेरसका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलनसमेत छ । धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको भीड लाग्ने गर्छ ।

यसदिन किनेका वा घरमा भित्र्याएका भाडामा लाक्ष्मीले बास गर्ने धार्मिक मान्यता रहि आएको छ । लक्ष्मीले बास गरेमा धनको कमी नहुँने धार्मिक शास्त्रहरुमा उल्लेख रहेको छ । यस दिन विशेष गरि पूजाका सामानहरु किन्दा राम्रो हुने विश्वास छ । तामा, सुन, चाँदी, हिरा आदिबाट बनेका भाडाहरु लक्ष्मीका प्रीय भाडा हुन् । ती धातुबाट बनेका भाडाहरु धनवन्तरीका दिन किनेर ल्याउँदा ती भाडामा लक्ष्मीले बास गर्ने र धन सम्पत्तीको अभाव नहुने मान्यता रहँदै आएको छ ।

काग तिहार भने आइतबार परेको छ ।  यमपञ्चकका अवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने विश्वास छ ।

धनवन्तरी जयन्ती भने आइतबार परेको छ । तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पनि समितिले जनाएको छ । कात्तिक ३ गते दिउँसो २ः५२ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन गर्नुपरेको हो । रातमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय विधि रहेको छ । यस वर्ष कात्तिक ४ गते मङ्गलबार औँसी तिथि दिउँसो ४ः२९ बजेसम्म परेको छ । यस दिन तिहारका कुनै पनि पर्व परेको छैन । कात्तिक ४ गते यमपञ्चक अर्थात् तिहारको मध्य समय परेपनि शास्त्रले तोके अनुसार कुनै कर्म परेको छैन । गाईगोरु एवं गोवद्र्धन पूजा कात्तिक ५ गते बुधबार परेको छ । हलितिहार, बलीपूजा र आत्म (म्ह) पूजा र नेपाल संवत् ११४६ आरम्भ यसै दिन परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार नेपाल संवत् ११४५ यसै दिनदेखि सुरु हुन्छ । कात्तिक ६ गते बिहीबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत रहेको छ ।

भाइटीका पश्चिम मोहडा गरेर गर्नुपर्ने समितिले जनाएको छ । भाइटीका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्केर बस्नुपर्छ । लगाइदिने दिदीबहिनी भने पूर्व फर्कनुपर्ने जनाइएको छ ।

भाइपूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व कात्तिक ६ गते गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

KAIFENG का विद्युतीय गाडी नेपाल ल्याउँदै एमभी दुगड समूह, ३ मोडल चयन

चिनियाँ अटोमोटिभ ब्रान्ड 'काइफेङ' (KAIFENG) का तीन मोडलका विद्युतीय...

१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौंको विद्युत आपूर्ति थप भरपर्दो हुने

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र...

राष्ट्र बैंकको निष्कर्ष: ‘संगठित र डिजिटल बन्दै हुण्डी कारोबार, निषेधले मात्र रोक्न कठिन’

नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइ (एफआईयू-नेपाल) ले 'हुण्डी...

५ रुपैयाँ दरका १५ करोड थान सिक्का बजारमा ल्याउने तयारी

नेपाल राष्ट्र बैंकले रु. ५ दरका १५ करोड थान...

पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्रीसहित ११ जनाको नाम दोस्रो सर्टलिस्टमा

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि...

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक साफा अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड “साउथ एसियन फेडेरेसन अफ...