सरकारले विभिन्न देशका राजदुतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले केपी शर्मा ओलीको पालामा राजनीतिक नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
सञ्चार सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलका अनुसार चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूत फिर्ता बोलाउने निर्णय गरिएको छ । उनीहरु कात्तिक २० गतेभित्र फर्किसक्नु पर्ने मन्त्री खरेलले जानकारी दिएका छन् ।
परराष्ट्र सेवाबाट नियुक्त भएका राजदूतहरू भने यथावत् राखिएको छ र उनीहरुलाई फिर्ता बोलाइएको छैन ।









