व्यवसायी बीरेन्द्रबहादुर बस्नेत सहितका व्यक्तिहरुले राजनीतिक दल खोलेका छन् । बुद्ध एयरका मालिक बस्नेतसहित अन्य व्यक्तिहरु मिलेर पार्टी खोलेका हुन् ।
उनीहरुले खोलेको पार्टीको नाम गतिशील लोकतान्त्रिक पार्टी राखिएको छ । यसमा पदाधिकारीले चुनावमा उम्मेदवार बन्न नपाउने व्यवस्था राखिएको छ ।
बिहिबार निर्वाचन आयोगमा दर्ता भएको पार्टीको अध्यक्ष दिनेश प्रसाईं छन् । संगठन तर्फका महासचिव पियूष मिश्र तोकिएका छन् ।
पार्टीमा अहिलेसम्म एक अध्यक्ष, पाँच महासचिव र एक कोषाध्यक्ष राख्ने व्यवस्था गरिएको छ । सुशासन, उद्यमशीलता र समता हेर्ने बेग्लाबेग्लै महासचिव तोकिनेछ ।









