Monday, July 27, 2026
spot_img

जेन्जी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भए देउवा, अब विदेश जाने तयारी

spot_img

जेन्जी आन्दोलनको क्रममा घाइते भएका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा आन्दोलनपछि आज पहिलो पटक सार्वजनिक भएका छन् । उनी आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा पुगेका हुन् ।

देउवाले केन्द्रीय समिति बैठकमा सम्बोधन पनि गरेका छन् । सम्बोधनको क्रममा उनले २१ फागुनका लागि घोषित निर्वाचनका लागि भयरहित वातावरण नबनेको तथा मुलुकमा शान्ति सुरक्षाको ग्यारेन्टी नभएको बताए। निर्वाचनको लागि आवश्यक वातावरण बनाउन सके मात्र निर्वाचनमा सबै सहभागी हुने अवस्था बन्ने भन्दै उनले यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन्।

देउवाले १५औं महाधिवेशनबाट नेतृत्व छाड्ने पनि बताएका छन्। सम्बोधनका क्रममा उनले गत २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले लिखित सम्बोधन गरेका थिए । देउवाले सम्बोधन गरे लगत्तै पर्सि बस्ने गरि काङ्ग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

अब देउवा भने उपचारका लागि विदेश जाने तयारीमा छन् । उनले पार्टी उपसभापति रहेका पूर्णबहादुर  खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी पनि दिएका छन् । देउवा नफर्किएसम्म खड्काले नै पार्टी नेतृत्व गर्ने छन् ।

देउवा दम्पति नै उपचारको लागि सिंगापुर जाने बताईएको छ। जेन्जी आन्दोलनको क्रममा उनीहरु दुवै जना घाइते भएका थिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनचाँदीको भाउ बढेको छ । आइतबार...

देशभरी ग्यासको ‘हाहाकार’, के हो समस्या ?

केही दिन अघि सुर्खेतमा खाना पकाउने ग्यास नपाएको गुनासो...

हिमालयन रिलाई प्रिमियममा आईपीओ अनुमति दिइनु कानूनसम्मत नभएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ कानूनसम्मत नरहेको...

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...
spot_img