Sunday, November 9, 2025
spot_img

जेन्जी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भए देउवा, अब विदेश जाने तयारी

spot_img

जेन्जी आन्दोलनको क्रममा घाइते भएका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा आन्दोलनपछि आज पहिलो पटक सार्वजनिक भएका छन् । उनी आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा पुगेका हुन् ।

देउवाले केन्द्रीय समिति बैठकमा सम्बोधन पनि गरेका छन् । सम्बोधनको क्रममा उनले २१ फागुनका लागि घोषित निर्वाचनका लागि भयरहित वातावरण नबनेको तथा मुलुकमा शान्ति सुरक्षाको ग्यारेन्टी नभएको बताए। निर्वाचनको लागि आवश्यक वातावरण बनाउन सके मात्र निर्वाचनमा सबै सहभागी हुने अवस्था बन्ने भन्दै उनले यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन्।

देउवाले १५औं महाधिवेशनबाट नेतृत्व छाड्ने पनि बताएका छन्। सम्बोधनका क्रममा उनले गत २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले लिखित सम्बोधन गरेका थिए । देउवाले सम्बोधन गरे लगत्तै पर्सि बस्ने गरि काङ्ग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

अब देउवा भने उपचारका लागि विदेश जाने तयारीमा छन् । उनले पार्टी उपसभापति रहेका पूर्णबहादुर  खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी पनि दिएका छन् । देउवा नफर्किएसम्म खड्काले नै पार्टी नेतृत्व गर्ने छन् ।

देउवा दम्पति नै उपचारको लागि सिंगापुर जाने बताईएको छ। जेन्जी आन्दोलनको क्रममा उनीहरु दुवै जना घाइते भएका थिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

कुन मूल्यमा भयो सागर डिस्टिलरीको पहिलो शेयर कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सागर डिस्टिलरी लिमिटेडको शेयर कारोबार...

बढ्यो सुनको भाउ

आज आइतबार पनि सुनको भाउ बढेको छ । शुक्रबार...

आईसीएफसी फाइनान्सको लाभांश घोषणा

आईसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक २३...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको...

एक्यानको अध्यक्षमा अनुप नेपाल निर्वाचित

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को अध्यक्षमा अनुप नेपाल...

राष्ट्रिय आर्थिक बहसमा सरकार–निजी क्षेत्र सहकार्यको प्रतिवद्धता

प्रधानमन्त्री सुशीला कार्कीले देशको आर्थिक स्थायित्व र समृद्धिका लागि...
spot_img
spot_img
spot_img