यस वर्षको मौसम नेपालबाट बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागले आज मिति २०८२ असोज २४ गते (२०२५ अक्टोबर १० तरिख) का दिन यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू-भागबाट बहिर्गमन भएको जनाएको हो।
गत २०८२ असोज २० गते ( २०२५ अक्टोबर ६ तारिख) का दिन सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट यस वर्ष मनसुन बहिर्गमनको शुरुवात भएको थियो। विभागका अनुसार नेपालमा मनसुन बहिर्गमन हुने सरदर मिति अक्टोबर २ भएतापनि यस वर्ष मनसुन ८ दिन ढिलो गरि बाहिरिएको छ।
नेपालबाटै मनसुनको बहिर्गमन भएतापनि स्थानीय वायू तथा पश्चिमी वायूको प्रभाव रहन सक्ने भएकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिन विभागले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।









