बाढी र पहिरोबाट क्षति पुगेका सडक पुनर्निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान

spot_img
spot_img

असोज १७ देखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण क्षति पुगेका सडक पुनिःनिर्माण गर्न १२ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बाढीपहिरोका कारण क्षति पुगेका सडक पुनिःनिर्माण गर्न १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको हो ।

मन्त्रालयले राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माण गर्न मात्रै १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ । अन्य संरचना पुनर्निर्माणका लागि १ अर्ब ७० करोड रुपैयाँ लाग्ने बताइएको छ ।

यसवर्ष सबैभन्दा बढी क्षति पुगेको मेची राजमार्गको पुनर्निर्माणका लागि मात्रै १ अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट—मुग्लिङ लगायतका राजमार्गको पुनर्निर्माणका लागि ३ अर्ब ७७ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणमा ४ अर्ब ५२ करोड रुपैयाँ लाग्ने अनुमान छ । बेलिब्रिजका लागि ८० करोड रुपैयाँ र वैकल्पिक सडक पुनर्निर्माणका लागि १ अर्ब ५९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

KAIFENG का विद्युतीय गाडी नेपाल ल्याउँदै एमभी दुगड समूह, ३ मोडल चयन

चिनियाँ अटोमोटिभ ब्रान्ड 'काइफेङ' (KAIFENG) का तीन मोडलका विद्युतीय...

१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौंको विद्युत आपूर्ति थप भरपर्दो हुने

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र...

राष्ट्र बैंकको निष्कर्ष: ‘संगठित र डिजिटल बन्दै हुण्डी कारोबार, निषेधले मात्र रोक्न कठिन’

नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइ (एफआईयू-नेपाल) ले 'हुण्डी...

५ रुपैयाँ दरका १५ करोड थान सिक्का बजारमा ल्याउने तयारी

नेपाल राष्ट्र बैंकले रु. ५ दरका १५ करोड थान...

पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्रीसहित ११ जनाको नाम दोस्रो सर्टलिस्टमा

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि...

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक साफा अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड “साउथ एसियन फेडेरेसन अफ...