सरकारले बाढी तथा पहिरोबाट घरबास गुमाएकाहरुलाई अस्थायी आवास निर्माण गर्न अनुदान दिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्कोको बैठकले असोज १७, १८ र १९ गतेको बाढी तथा पहिरोबाट घरबास गुमाएकालाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान दिने निर्णय गरेको हो ।
अस्थायी आवास निर्माण गर्न लाभग्राही पहिचान गरी पठाउन स्थानीय प्रशासनलाई निर्देशन पनि दिएको छ ।
साथै लाभग्राही पहिचान भएपश्चात अस्थायी आवास निर्माण अनुदान सम्बन्धी मापदण्ड, २०८१ बमोजिम पहिलो किस्ता तत्काल उपलब्ध गराउने निर्णय भएको छ ।











