लाङटाङमा ट्रेकिङ जाँदा बाढी तथा पहिरोका कारण फसेका १२ जनाको उद्दार गरिएको छ । सोमबारसम्म १२ जनालाई उद्दार गरेर रसुवाको स्याफ्रुबेशी ल्याइएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपाली सेनाको श्रीनाथ गणबाट खटिएको टोलीले उनीहरूलाई स्याफ्रुबेशी ल्याएको हो ।
१६ जनाको टोलीमा लाङटाङ ट्रेकिङ गएकामध्ये ४ जना बेपत्ता छन् । उनीहरुलाई बेरिङ खोलाले बगाएर बेपत्ता बनाएको छ । बेपत्ता हुनेहरुमा भक्तपूर मध्यपुर थिमि नगरपालिकाकी संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगीता श्रेष्ठ र भक्तपुर नगरपालिका १० का रवि श्रेष्ठ छन् ।