Sunday, June 14, 2026
spot_img

बाढीले ५८० मेगावाट क्षमताका ३२ जलविद्युत आयोजना प्रभावित, १८० मेगावाट उत्पादन नै ठप्प

spot_img
spot_img

असोज १७, १८ र १९ गतेको अविरल वर्षा र बाढी पहिरोका कारण १० जिल्लामा रहेका ३२ जलविद्युत आयोजना प्रभावित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार हालसम्म संकलित विवरण अनुसार १८० मेगावाट क्षमताका १७ सञ्चालनमा रहेका र ३३८ मेगावाट क्षमताका १५ निर्माणाधीन जलविद्युत आयोजनामा क्षति पुगेको हो ।

इप्पानका अध्यक्ष गणेश कार्कीका अनुसार इलाममा मात्रै १६ आयोजनामा क्षति पुगेको छ । इलाममा अवस्थित १५ सञ्चालनमा रहेका जलविद्युत आयोजना तथा एक निर्माणाधीन आयोजना क्षतिग्रस्त भएका छन् ।

सञ्चालनमा रहेका आयोजनामध्ये ४.५ मेगावाट क्षमताको माईखोला, ८ मेगावाट क्षमताको माईखोला क्यासकेड, २२ मेगावाट क्षमताको सानिमा माई, ९.६ मेगावाटको सुपरमाई ए, ७.६ मेगावाट क्षमताको जोगमाई खोला, ९.५ मेगावाट क्षमताको माईबेनी र ९.९ मेगावाट क्षमताको माथिल्लो माई लगायतका आयोजना छन्।

पाँचथरको १४९ मेगावाट क्षमताको हेवाखोला र सोलु र रामेछापमा पर्ने ५२.४ मेगावाटको लिखु–४ जलविद्युत आयोजना पनि प्रभावित भएका छन् । लिखु–४ बाट तत्कालका लागि उत्पादन भएपनि अहिले सूचारु भएको इप्पानले जनाएको छ ।

यस्तै, निर्माणाधीन आयोजनामध्ये मनाङको ४९.९५ मेगावाट क्षमताको दाना खोला जलविद्युत आयोजनाले बनाएको १२ किलोमिटर सडक पहिरोले बगाएको छ । लालुपाते हाइड्रोपावरका सञ्चालकसमेत रहेका इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन डाँगीका अनुसार आयोजना निर्माणको सुरुवात हुँदै गर्दा सडक संरचना बगाएको छ ।

इलाममा रहेको १० मेगावाट क्षमताको सिद्धिखोला आयोजनामा विद्युत उत्पादनको अन्तिम तयारीमा रहेका बेला क्षति पुगेको छ । पाँचथरको २१.५ मेगावाट क्षमताको सभाखोला बी र ९.९ मेगावाट क्षमताको हेवाखोला आयोजनाको निर्माण उपकरण र अन्य सामग्री पनि बाढीले बगाएको छ ।

सिन्धुपाल्चोकका ब्रम्हायणी, माथिल्लो ब्रम्हायणी, बलेफी र तल्लो बलेफीका पहुँचमार्ग पनि बाढीले बगाएको छ ।

रसुवामा अवस्थित २० मेगावाट क्षमताको लाङटाङ खोला, भोजपुरमा रहेको १५.५ मेगावाट क्षमाताको इर्खुवा खोला बी, म्याग्दीको २२.५ मेगावाटको माथिल्लो ठूलो खोला, लमजुङको ६.८२ मेगावाट क्षमताको हिडी खोला, रामेछापको ४८.८ मेगावाट क्षमताको खिम्ति–२ र धादिङको ४.५ मेगावाट क्षमताको गसाली खोला जलविद्युत आयोजनाको पनि पहुँचमार्ग तथा संरचनामा बाढीले क्षति पुगेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पानकाे नवनिर्वाचित कार्यसमितिद्वारा शपथ ग्रहण

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित कार्यसमितिका...

एनआईसी एशिया लघुवित्तको साधारणसभा सम्पन्न, नयाँ संचालक समिति चयन

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

 गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले मनायो २४ औं वार्षिकोत्सव

गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले  २४ औं वार्षिकोत्सव मनाएको...

असार महिनाको लागि नेपाल एसबिआई बैंकले तोक्यो नयाँ ब्याजदर, कुनमा कति ?

नेपाल एसबिआई बैंकले २०८३ असार महिनाको लागि नयाँ ब्याजदर...

हिरा र बहुमूल्य पत्थरमा भ्याट नलगाउन माग

नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरमा...

‘आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई...
spot_img