Tuesday, April 21, 2026
spot_img
spot_img

बीपी राजमार्गको ४.५ किलोमिटर डाइभर्सन बाढीले बगायो

spot_img
spot_img

शुक्रबार रातीदेखि आइतबार बिहानसम्म परेको अविरल वर्षाका कारण बीपी राजमार्ग पूर्ण रुपमा अवरुद्द बनेको छ । गत वर्ष असोजको बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्ग डाइभर्सन बनाएर चलाइएको भएपनि यसवर्ष फेरी बाढीले कटान गरेको हो ।

डिभिजन सडक कार्यालय भक्तपुरकी सूचना अधिकारी बिन्दु अधिकारीका अनुसार सिन्धुलीको नेपालथोकदेखि काभ्रेको चौकीडाँडासम्म करिब ४.५ किलोमिटर डाइभर्सन रोशी खोलाको बाढीले बगाएको छ । डिभिजन सडक कार्यालय भक्तपुरको कार्यक्षेत्रमा पर्ने काभ्रेको चौकीडाँडादेखि बर्खेखोलासम्म मात्रै १६ ठाउँमा डाइभर्सन बगेको छ ।

डिभिजन सडक कार्यालय खाल्टेको कार्यक्षेत्रमा पर्ने बर्खेखोलादेखि नेपालथोकसम्म ३ ठाउँमा सडक बगेको छ । डिभिजन सडक कार्यालय खाल्टेका सूचना अधिकारी सुदर्शन उप्रेतीका अनुसार गत असोजको बाढीले बगाएपछि बनाइएको डाइभर्सनमध्ये करिब ८ सय मिटर डाइभर्सन यसपाली पनि बगेको छ ।

तर, बन्द रहेको सडक खुलाउनका लागि काम सुरु गर्न सकिएको नसकिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । यसकारण कहिलेबाट राजमार्ग सूचारु हुन्छ भन्ने यकिन छैन । यद्यपी, सडक डिभिजन भक्तपुरले ७२ घण्टाभित्र राजमार्ग सञ्चालनमा ल्याउने गरी काम थाल्ने योजना बनाएको छ । तर, अहिलेसम्म रोशीको बाढी कम नभएकाले काम सुरु हुन भने सकेको छैन ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त...

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सिफारिस समिति गठन

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सरकारले सिफारिस...

सहकारी ठगीको आरोपमा राष्ट्रिय वाणिज्य बैंकका पूर्व अध्यक्ष पक्राउ

राष्ट्रिय वाणिज्य बैंकका पूर्व अध्यक्ष डा. बलराम पाठक पक्राउ...
spot_img