Saturday, July 25, 2026
spot_img

नाफिज सदस्य क्षेत्रीलाई बीमा रकम हस्तान्तरण

spot_img

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले एक लाख रुपैयाँ बराबरको बीमा दावी रकम हस्तान्तरण गरेको छ । नाफिजले सदस्य लक्ष्मी बुढा क्षेत्री (लिजा)लाई बीमा दावी वापत उक्त रकम हस्तान्तरण गरेको हो ।

नाफिजले गत पुस २९ गतेदेखि लागू हुने गरि आफ्नो २३५ जना सदस्य तथा सल्लाहाकारहरुको जनही ७ लाख रुपैयाँका दरले सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र सिद्धार्थ प्रिमियर इन्स्यारेन्समा सामूहिक दुर्घटना बीमा गरेको थियो ।
बीमा दायरामा रहेकी क्षेत्रीलाई उपचार खर्च वापत बीमा कम्पनीबाट आएको उक्त दावी रकम हस्तान्तरण गरिएको हो ।

नाफिजकी सदस्य क्षेत्री गत वैशाखमा मोटरसाइकल दुर्घटनामा घाइते भएकी थिइन् । उनको खुट्टाको शल्यक्रिया समेत गर्र्नु परेको थियो । त्यसपछि नाफिजले सलिकोमा दावी पेश गरेको थियो । आवश्यक प्रक्रिया पुरा गरेर दुवै कम्पनीको नामबाट सलिकोले नाफिजको बैंक खातामा बीमा दावी वापत एक लाख रुपैयाँ भुक्तानी गरेको थियो । नाफिजले बुधबार सोही रकम क्षेत्रीलाई हस्तान्तरण गरेको हो ।

उक्त रकम हस्तान्त्रण गर्दै नाफिजकी अध्यक्ष मेनुका कार्कीले बीमाका कारण पत्रकारहरुलाई आर्थिक सुरक्षा प्रदान गर्न सहज भएको बताइन् । ‘आर्थिक पत्रकारहरुलाई पनि रिपोर्टीङका क्रममा विभिन्न जोखिम हुन्छ । त्यस्ता जोखिमबाट हुने क्षतिलाई आर्थिक सुरक्षा प्रदान गर्न हामीले नाफिज सदस्यहरुको दुर्घटना बीमा गरेका थियौं । यसले नाफिजका अन्य सदस्यहरुलाई पनि आर्थिक सुरक्षा प्रदान गरेको छ,’ उनले भनिन्, ‘नाफिज आफ्ना सदस्यहरुको जोखिम रक्षावरण गर्न आगामी दिनमा बीमाको दायरा थप बढाउने योजनामा छ ।’

नाफिजका अनुसार यो बीमाको म्याद आगामी पुस २८ गतेसम्म रहेको छ । त्यसपछि त्यसको नविकरण गरिनेछ । सम्झौता अनुसार नाफिजका हरेक सदस्यको प्रतिव्यक्ति ७ लाखका दरले दुर्घटना बीमा भएको छ । नाफिजले आगामी दिनमा आफ्ना सदस्यहरुको हितका लागि स्वास्थ्य बीमा पनि गर्ने योजनामा रहेको जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...

१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५...

तोलामा ५८ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला...

आज निर्यातजन्य उद्योगका व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध...
spot_img