Saturday, July 25, 2026
spot_img

अर्थ मन्त्रालयमा अब सबै टिप्पणी र तोक आदेश अनलाइनबाट

spot_img

अर्थ मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (GIOMS) को शुरुवात गरेको छ । अर्थ मन्त्री रामेश्वर खनालले आज उक्त प्रणालीबाट फाइल स्वीकृत गरी GIOMS प्रणालीको शुभारम्भ गरेका हुन् ।

सरकारी निकायबाट सम्पादन हुने कार्यहरुलाई एउटै सूचना प्रविधि प्रणाली मार्फत सरल, सहज, छिटो, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी रुपमा सम्पादन गरी कागजरहित (Paperless) सरकारको अवधारणालाई कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागद्वारा विकास गरिएको एकिकृत कार्यालय व्यवस्थापन प्रणालीको प्रयोगलाई अर्थ मन्त्रालयमा समेत अनिवार्य गरिएको छ।

उक्त एकीकृत कार्यालय व्यवस्थापन प्रणाली प्रयोग गरि विद्युतीय माध्यमबाट तोक आदेश तथा टिप्पणी निर्णय, चिठीपत्रको दर्ता तथा चलानी, हाजिरी, बिदा र काज स्वीकृत, अभिलेख व्यवस्थापन लगायतका कार्य अनिवार्य रुपमा विद्युतीय हस्ताक्षरको प्रयोग गरि सम्पादन गर्नु पर्ने गरि व्यवस्था गरिएको छ।यस प्रणाली कार्यान्वयनबाट निर्णय प्रक्रियामा सीघ्रता, खर्चमा मितव्ययिता, कार्यप्रक्रियामा पारदर्शिता, जवाफदेहिता अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...

१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५...

तोलामा ५८ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला...

आज निर्यातजन्य उद्योगका व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध...
spot_img